कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?

सिधाकुरा

काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित गराउन सक्ला भन्ने प्रश्न उठेको छ । विगतका कोपहरूमा भएका सहमति कार्यान्वयन गर्न धनी तथा विकसित मुलुकले आनाकानी गरिरहेका बेलामा कोप–२९ मा भएको कार्बन व्यापारसम्बन्धी सहमति पनि कार्यन्वयन नहुने हो कि भन्ने आशंका रहेको हो । 

बाकुमा सम्पन्न २९औँ कोपमा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिप्रति नेपाल भने उत्साहित देखिएको छ । उक्त सहमतिले बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने कार्बन व्यापारलाई अघि बढाउने बाटो खुलेको भन्दै कोपमा उपस्थित भएका नेपाल प्रतिनिधिहरूले सकारात्मक टिप्पणी गरेका छन् । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल कार्बन व्यापारमा जाने अन्तिम तयारीमा रहेका बेला कोपमा भएको सहमतिले कार्बन बजार सुनिश्चित हुने भन्दै यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । “जलवायु वित्त एक दशमलव तीन ट्रिलियन अमेरिकी डलर पुर्‍याउनुपर्छ भन्ने हाम्रो माग रहेकामा अहिले तीन सय विलियन अमेरिकी डलर मात्र बढाउन सहमति भएको छ, तर कोपको दस्तावेजमा राखिएकाले आगामी दिनमा हामी निर्णयमा पार्न दबाब दिइरहने छौँ, यीलगायत कतिपय हाम्रा एजेण्डामा सहमति जुट्न सकेन”, उनले भने, “तर कार्बन व्यापारसम्बन्धी हाम्रो एजेण्डामा सहमति जुट्नु निकै ठूलो उपलब्धि रह्यो ।”

मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले नेपाल कार्बन व्यापारमा जाने तयारी गरे पनि कार्बनको बजार अनिश्चित रहेका बेलामा कोपमा भएको सहमतिले कार्बनको बजार सुनिश्चित हुने बताए । “हामी कार्बन व्यापारमा जाने त तयारी गरिरहेका छौँ, कार्बन खरिदबिक्रीका सहमति पनि भयो । तर अर्को पक्षले कार्बन किन्छु भनेर किनेन भने त हाम्रो बजार सुनिश्चित भएन नि”, उनले भने, “कोप–२९ को कार्बन व्यापारसम्बन्धी सम्झौताले अब पेरिस सम्झौतामा टेकेर अगाडि बढ्न पाइन्छ, यी नेपालको हितमा गरिएको महत्त्वपूर्ण निर्णय हो ।”

ढुङ्गानाले कोप–२९ मा नेपालले स्वीडेनसँग कार्बन व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताए । “कोपमा भएको स्म्झौताले नेपालले कार्बन उत्सर्जन कटौती गरेर कार्बन सञ्चिती बढाएबापत स्वीडेनले कार्बन खरिद गर्ने भन्ने सम्झौता भएको छ”, उनले भने, “उक्त सम्झौतमा ऊर्जा क्षेत्रमा कार्बन उत्सर्जन कटौती गर्न डिजेल–पेट्रोलको खपत घटाउने, खाना पकाउने इन्धनको रूपमा बढी प्रयोग हुने दाउरा घटाउने र विभिन्न उद्योगमा प्रयोग गरिने कोइलाको प्रयोग कम गर्ने तथा विद्युतीय सवारीको प्रवर्द्धनमार्फत वायुमण्डीलय सतहमा बढ्दै गइरहेको कार्बनडाइअक्साइडको दर कम गरी कार्बन न्यूनीकरण गरेबापत अब स्वीडेनसँग पैसा लिन सकिन्छ ।” नेपालले यसअघि विश्व बैंकसँग कार्बन खरिद सम्झौता गरिसकेको छ । 

रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले पनि नेपाल कार्बन व्यापारमा जान पूर्वतयारीसहित अगाडि बढेको सन्दर्भमा कोपमा पेरिस सम्झौताको धारा ६ मा भएका व्यवस्था कार्यान्वयन गरिने सहमतिले कार्बनको बजार सुनिश्चित हुने विश्वास व्यक्त गरे । “कम कार्बन उत्सर्जनलाई उत्कृष्ट वनवित्त भनेर एउटा ‘लिफ कोलिजन’ संयन्त्र पनि बनेको छ । यस कोलिजनअन्तर्गत अमेरिका, बेलायत, नर्वे, साउथ कोरिया र २६ वटा प्राइभेट सङ्घसंस्था रहेका छन् । यसमा युनिरेभर, नेस्ले, बर्बेली, डैलटाजस्ता ठूला कम्पनीको कोलिजन बनेका छन् । यिनीहरूले इमरजेन्ट भन्ने नाफारहित संस्था बनाएका छन्”, उनले भने, “त्यो संस्थासँग नेपाल सरकार र अर्थ मन्त्रालयबीच सन् २०२१ मा भएको आशयपत्र ९एलओआई० अनुसार नेपालको तीनवटा प्रदेश गण्डकी, बागमती र लुम्बिनीको ३० मिलियन टन कार्बन उनीहरूलाई बेच्ने भन्ने सहमति भएको छ । अबचाहिँ सम्झौता गर्ने तयारीमा छौँ ।”

निर्णय कार्यान्वयन हुँदा नेपालका लागि फाइदा

जलवायुविद् राजु पण्डित क्षेत्रीले कोप–२९ मा कार्बन व्यापारसम्बन्धी भएको निर्णय कार्यान्वयन भएमा कार्बन सञ्चितीबाट प्राप्ति गर्ने भुक्तानी सुनिश्चित हुने तथा कार्बन न्यूनीकरणका लागि थप प्रोत्साहन मिल्ने र नेपालका लागि फाइदा हुने दाबी गरे । 

“पेरिस सम्झौताको धारा ६ कार्बन न्यूनीकरण गर्ने प्रक्रिया हो । विकसित देशले कार्बन उत्सर्जन घटाउनुपर्ने दायित्व रहेको र कम विकसित मुलुकले कार्बन उत्सर्जन कटौती गरेबापत विकसित मुलुकलाई दिने आर्थिक प्रोत्साहन नै कार्बन व्यापार हो”, उनले भने, “कार्बन व्यापारको बजार सुनिश्चित हुनसके नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लक्ष्य कार्यान्वयन गर्न सहज हुनेछ ।”

क्षेत्रीले कोपमा निर्णय हुनेबित्तिकै रकम आइहाल्ने व्यवस्था नभएकाले कार्बन व्यापारबाट बढीभन्दा बढी फाइदा लिन अब हामीले घरभित्र नै तयारी थाल्नुपर्नेमा जोड दिए । “नेपालले विश्व बैंकसँग कार्बन खरिद सम्झौता गरेको छ, सही क्षेत्रको कार्बन दोहोर्‍याएर अर्को पक्षलाई बिक्री गर्न मिल्दैन । यसबाहेक कार्बन व्यापारका क्षेत्रहरूको राम्रोसँग पहिचान गर्न जरूरी छ । जस्तै नविकरणीय ऊर्जाका क्षेत्र, वनजङ्गलबाट सञ्चिती हुने कार्बनलगायत क्षेत्रहरू छन्”, उनले भने, “कुनकुन ठाउँ कार्बन व्यापारको राम्रो सम्भावना रहेको क्षेत्र हो भनेर पहिचान हुनु जरूरी छ ।”

कार्बन बजारको प्रगति

युएनएफसिसिसीको सचिवालयले पेरिस सम्झौताको धारा ६ मा भएको कार्बन व्यापारसम्बन्धी सहमतिले विश्वबजारमा कार्बनको बजार सुनिश्चिता हुने भन्दै यो निकै उपलब्धिमूलक निर्णय भएको प्रतिक्रिया दिएको छ । सचिवालयका अनुसार पछिल्लो दुई हप्ताको महत्त्वपूर्ण उपलब्धि भनेको कार्बन बजारको प्रगतिमा भएको छलाङ हो । करिब एक दशक लामो प्रयासपश्चात् कोपमा उपस्थित विभिन्न मुलुकले पेरिस सम्झौताअन्तर्गत कार्बन बजार कसरी सञ्चालन हुने भन्ने अन्तिम संरचनामा सहमति जनाएका छन् । यसले देशदेखि–देश व्यापार र कार्बन क्रेडिटिङ संयन्त्र पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । 

कोपपछि युएनएफसिसिसीले आफ्नो आधिकारिक वेबसाइड ९युएनएफसिसिसी डट आइएनटी० मार्फत भनेको छ, “कोप–२९ बाट भएको निर्णयले कार्बन क्रेडिटको व्यापारलाई देशहरूले कसरी स्वीकृति दिने र यसको ट्रयाक राख्न रजिस्ट्रिहरू कसरी सञ्चालन हुने भन्ने विषयमा स्पष्टता दिएको छ । यसले पारदर्शी प्रक्रियामार्फत प्राविधिक समीक्षा गरी वातावरणीय अखण्डता सुनिश्चित गर्ने विश्वास प्रदान गरेको छ ।”

पेरिस सम्झौताकै धारा ६ को (४) मा केन्द्रित कार्बन बजारसम्बन्धी विषयमा पनि कोपमा सहमति जनाइएको छ । कोप–२९ को पहिलो दिन, देशहरूले संयुक्त राष्ट्रसङ्घअन्तर्गत केन्द्रित कार्बन बजारको मापदण्डमा सहमति गरेको थिए । “यो विकासशील देशका लागि खुसीको खबर हो, यसले नयाँ वित्तीय प्रवाहमा फाइदा पुर्‍याउनेछ र कम विकसित देशहरू ९एलडिसी० लाई यो अझ फाइदाजनक छ, यस बजारमा प्रवेश पाउन आवश्यक क्षमता निर्माण सहयोग प्राप्त गर्नेछन्”, युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

विज्ञान र कार्बन बजार

धारा ६.४ अन्तर्गत संयुक्त राष्ट्रसङ्घीय कार्बन बजारलाई विज्ञानसँग समाहित गर्न निर्देशन दिएको छ । यसले बजारलाई सञ्चालनमा ल्याउने निकायलाई वैज्ञानिक प्रमाणको उपयोग गर्न निर्देशन दिएको हो । “कार्बन बजारमा गरिएको काम बाकुमा मात्र सीमित हुँदैन । नयाँ कार्बन क्रेडिटिङ संयन्त्र स्थापना गर्ने पर्यवेक्षण निकायले २०२५ को लामो कार्यसूची प्राप्त गरेको छ र यसलाई सदस्य राष्ट्रहरूलाई जवाफदेही बनाइनेछ”, युएनएफसिसिसीको सचिवालयले जनाएको छ । 

यसैगरी पारदर्शी जलवायु रिपोर्टिङमा उल्लेखनीय प्रगति भएको र जलवायु नीतिहरूलाई सशक्त बनाउन बलियो प्रमाण तयार गर्ने विश्वास लिइएको छ । जसले वित्तीय आवश्यकता तथा अवसर पहिचान गर्न सहयोग गर्ने अपेक्षा छ । युएनफसिसिसीका अनुसार हालसम्म १३ पक्षहरूले पहिलो द्विवार्षिक पारदर्शिता रिपोर्ट ९बिटीआर० प्रस्तुत गरिसकेका छन् । जुन सबै पक्षहरूले वर्षको अन्त्यसम्म प्रस्तुत गर्नुपर्ने हुन्छ । 


बेलायतको इन्टरनेशनल फरेस्ट युनिटले ‘युएनएफसिसिसी’ को ‘रेडप्लस’ कार्यक्रममा चार वर्षका लागि तीन मिलियन बेलायत पाउण्ड स्ट्रलिङको प्रतिबद्धता जनाएको छ । यस सहयोगले वन संरक्षणका गतिविधिलाई बलियो बनाउनेछ र सन् २०३० सम्म वनविनाश रोक्न तथा उल्ट्याउन ग्लोबल स्टकटेकको उद्देश्यसँग मेल खाने पारदर्शिता र कार्यान्वयनलाई प्रवर्द्धन गर्ने विश्वास छ । यसअनुसार राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धीका पक्षधर देशले आफ्नो जलवायु परिवर्तनसँग सम्बन्धित प्रतिबद्धताको मूल्याङ्कन र समीक्षा गर्छन् । यो प्रक्रिया पेरिस समझौताका भागको रूपमा लागू गरिएको हो र प्रत्येक पाँच वर्षमा गरिन्छ । 

के हो कार्बन व्यापार ?

वायुमण्डलमा कार्बनसाइडलगायत ग्यासको उत्सर्जन बढी हुन गई जलवायु परिवर्तन भएको हो भन्ने तथ्य प्रमाणित भएको छ । राम्रो व्यवस्थापन गर्दा वनजङ्गलले कार्बनडाइअक्साइडलाई सोसेर जलवायु परिवर्तनको प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ । तर अर्कोतर्फ वनको विनाश र क्षयीकरण भएमा त्यसबाट कार्बनडाइअक्साइड उत्सर्जन भई थप जलावायु परिवर्तन हुन जान्छ । 

यस पृष्ठभूमिमा वन विनाश र वनको क्षयीकरण रोकी वनको दिगो व्यवस्थापन, वृक्षरोपण आदि गरी वन क्षेत्रबाट, फोहरमैलाको उचित व्यवस्थापनबाट तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका गतिविधिबाट हरितगृह उत्सर्जन ग्यास कटौतीमार्फत कार्बन सञ्चिति बढाउने र सोबापत अन्तर्राष्ट्रिय भुक्तानी दाबी गर्ने कार्यक्रम कार्बन व्यापार हो । अर्थात् कार्बन उत्सर्जन कटौती गरेबापत आर्थिक प्रोत्सहनस्वरूप अन्तर्राष्ट्रियस्तरबाट उपलब्ध गराउने भुक्तानी नै कार्बन व्यापार हो । 

कार्बन खरिदको संयन्त्र 

वन कार्बन खरिद बिक्रीका विभिन्न प्रक्रिया छन्, जसलाई बाध्यकारी बजार र ऐच्छिक बजार भनिन्छ । हाल विश्व बैंकअन्तर्गतको कार्बन फण्डमार्फत कार्बन बिक्री गर्ने एवं देशको वनक्षेत्रको कार्बन वा उत्सर्जन आधार तयार गरी संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रारूप महासन्धिमा पेश हुँदै आएको छ । 

पछिल्लो समय कार्बन सञ्चिति बढेको भने हरित जलवायु कोषमा रेडप्लसको प्रस्ताव पेश गरी भुक्तानीको दाबी गर्ने र द्विपक्षीय एवं बहुपक्षीय कार्बन व्यापार गरिँदै आएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....

  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....

  • FACEBOOK मा रविको समर्थन र ओलीको विरोध गर्दा सांसदलाई निलम्बन || SIDHAKURA....
  • डेढ बर्षदेखि बिग्रेको भ्यानमा डिजेल खर्च देखाएर भ्रष्टाचार || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल ||....
  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

Current Affairs

रविको सन्देशसम्बन्धी पोस्टबारे मनिष झाः ‘उहाँहरुको....

  • रविको सन्देशसम्बन्धी पोस्टबारे मनिष झाः ‘उहाँहरुको रिट चल्छ भने हाम्रो ट्वीट’ ||....
  • काठमाडौँ १६ मा रास्वपाको घरदैलो, के भन्छन् मतदाता ? || SIDHAKURA ||
  • श्रीमान्, बहस असाध्यै राम्रो हुन्छ, आदेशले सधैं निराश बनाइदिन्छ- इजलासमा रवि लामिछाने....
  • सरकारमा आफैँ,सडकमा आफैँः जनतालाई सास्ती, प्रधानमन्त्रीलाई मस्ती || SIDHAKURA ||
  • प्रहरीले घाइते बनाएका सहकारी पीडित ह्विलचेयरमै सडकमा || SIDHAKURA ||
  • सहकारी पीडितमाथिको दमनबारे बोल्यो रास्वपा, यस्तो छ आन्दोलनको तयारी || SIDHAKURA ||
  • किन सारिँदै छ सिनामंगलको इन्धन डिपो ? || SIDHAKURA ||
  • एन्फाको लापरबाहीले सिस्नेरीमा ६ जना बालबालिकालाई पहिरोले पुर्योः आफन्त || SIDHAKURA ||
  • पक्राउपछि प्रसाईः ‘म तस्करहरुविरुद्ध लड्न आएको हुँ’ || SIDHAKURA ||
  • सुधारिएको न्युरोड 𝐕𝐒 गन्जागोल न्युरोड || SIDHAKURA ||
  • मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाकाे घाेषणा || SIDHAKURA ||
  • अहिले सरकारका प्रमुख मान्छे नै नेपालका सबैभन्दा भष्ट्र मान्छे हुन्ः प्रचण्ड ||....
  • ग्यास्टिक कसरी निको पार्ने ? डाक्टरको सुझाव || SIDHAKURA ||
  • गौशालाका अनाधिकृत संरचना काठमाडौँ महानगरले भत्कायो, रोक्न पुगेका सुमन सायमी पक्राउ ||....
  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||
  • बार्दलीबाट रविको गर्जन, 'थुनामा राख्दैमा बाघ स्याल हुँदैन’ || SIDHAKURA ||
  • दीपक मनाङ्गेलाई यसरी छिराइयो कारागार || Deepak Manange || SIDHAKURA ||
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो || SIDHAKURA ||
  • उर्जा मन्त्रालयको दृश्यः मन्त्री उठेर हिँडे, राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् || SIDHAKURA....
  • हाइकमाण्डको हिरासतको छलफलमा रविले नेताहरुलाई के भने ? || SIDHAKURA ||
  • प्रधानमन्त्री कार्यालय नै भष्ट्राचारको मुल जरो || राज्य व्यवस्था समिति || SIDHAKURA....
  • पोखरामा रास्वपाले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार || SIDHAKURA ||
  • 'कानुनतः रविलाई थुन्न मिल्दैन...' : कानुनविद् डा. गान्धी पण्डित || SIDHAKURA ||
  • हिरासतमा के भन्छन् रवि ? || SIDHAKURA ||