नेभिगेशन
सबै कुरा

सरकारले पछिल्लो ४ महिनामा ठिक ढंगले काम गरेको एमोलेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले वर्तमान सरकारले चार महिनामा ठिक ढंगले काम गरेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्दै सरकारले ठिक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

‘बैठकले दुई राजनीतिक दलबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र कामलाई अझै समन्वय र प्रभावकारी बनाउन संयन्त्र समेत बनेको अवस्थामा दुईदलबीचको विश्वासको वातावरण सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।’ ज्ञवालीले भने । 

त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको ज्ञवालीले जानकारी दिए । एमाले सचिवालयले बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भइ आएका उमेदवारहरुको नाम अनुमोदन समेत गरेको छ ।

एमाले पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन बैठकले आह्वान गरेको ज्ञवालीले बताए । 

बैठकले जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशी प्रदेशका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीमाथि छानबिन गर्न सघाउने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । 

एमाले कोशी प्रदेशले शनिबार नै मानव तस्करीको आरोप लागेका अधिकारीमाथि छानबिन गर्न माग गर्दै अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...