नेभिगेशन
सबै कुरा
बालकुमारी घटना :

बालकुमारी घटना छानबिन गर्न गृहले बनाएको समिति खारेज गर्दै प्रधानमन्त्री, मृतक परिवारको १२ बजेसम्म अल्टिमेटम

काठमाडाैँ । बालकुमारी घटनाको छानबिन गर्न गृहमन्त्रालयले बनाएको डिआइजी नेतृत्वको छानबिन समिति खारेज गर्न प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् ।

शनिवार साँझ मृतक सुजन रावत र विरेन्द्र शाहका आफन्तसँग भेटका क्रममा प्रधानमन्त्रीले गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरि न्यायिक छानबिन समिति बनाउने वचन दिएको हुन् । मृतक विरेन्द्रका बाबु टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवाल सहित पुगेको टोलीले  प्रधानमन्त्री प्रचण्डलाई   ११ बुँदे माग राखेका थिए ।

पहिलो बुँदानै शुक्रबारको घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समिति खारेज गरियोस र स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गरियोस् भन्ने छ । उक्त माग प्रति प्रधानमन्त्रीले सहमति जनाएको मृतक सुजनका मामा टेकबहादुर रावतले सिधाकुरासँग भने ।

'गोली हान्न आदेश दिने र हान्नेहरुले वास्तविक छानबिन गर्न सक्दैनन् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौ', रावतले भने 'प्रधानमन्त्रीले सबैलाई समेटेर निष्पक्ष छानबिन समिति बनाउँछु भन्नु भयो'।

किष्ट अस्पतालमा भान्जाको शव कुरिरहेका रावतले भने 'प्रधानमन्त्री ज्यूलाई आज १२ बजेसम्मको अल्टिमेट दिएका छौँ । माग पुरा गर्छु भन्नु भएको छ '। साथै उनीहरूले तेस्रो बुँदामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

शहीद घोषणा गर्ने विषयमा पनि प्रधानमन्त्रीले हुन्छ भनेको टेकबहादुरले बताए । कर्णाली प्रदेशका केही सांसदहरू सहित पुगेका उनीहरूले मृतकका परिवारकालाई उचित क्षतिपूर्ति र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न पनि माग गरे ।

यस्तै आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्नु पर्ने, घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिवि शिक्षण अस्पतालको  आकस्मिक कक्षमा १५ शय्या थप

त्रिवि शिक्षण अस्पतालको  आकस्मिक कक्षमा १५ शय्या थप

अस्पतालका निर्देशक प्रा डा सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको र अब बिरामीले महङ्गो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने बाध्यता नरहने बताए ।
न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

न्यायाधीशलाई मोसो छ्याप्ने नेकपा बहुमतका कार्यकर्तालाई पार्टीले गर्यो सम्मान

गत २९ जेठमा न्यायाधीशको कार्यकक्षमै पुगेर पार्टीका कार्यकर्ताहरू अभिनाश कुँवर, पदम मगर र गर्भू महतोल मोसो छ्यापेका थिए । उनीहरु करिब एक महिना हिरासत बसेर धरौटीमा छुटेका थिए...
पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

पहिचानविनै अहिले बनेका सात वटै प्रदेश काम लाग्दैनन्, भत्काउँः उपेन्द्र यादव

उनले अहिलेको निर्वाचन प्रणालीले सवैको प्रतिनिधित्व हुन नसक्ने भएकाले त्यसका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने बताएका थिए ।
जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

जनताको बहुदलीय जनवाद (जबज) नेपालको मौलिक बिचार होः विद्यादेवी भण्डारी

भण्डारीका अनुसार जबजले माक्र्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै नेपालको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धाको विशिष्ट...