नेभिगेशन
सबै कुरा

प्रचण्डले एमालेलाई सत्तामा जानका लागि रोक्न पहल गरिरहेको छन्ः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् । उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थीति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थीरता लगाएत स्वार्थपेरित काम पनि देखिएको उनले बताए ।

ओलीले संविधानलाई गतिशिल बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे । उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागीता गराउने जिकिर गरे । 

ओलीले अब बन्ने सरकारले देशको आर्थिक बिकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हरायो

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हरायो

लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८,...
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...
सुरक्षा परिषद् बैठकः निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय

सुरक्षा परिषद् बैठकः निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पनन गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको...
एनटीसीको बिलिङ प्रणाली खरिद सन्दर्भमा कुनै हस्तक्षेप नगर्नेः सञ्चारमन्त्री खरेल

एनटीसीको बिलिङ प्रणाली खरिद सन्दर्भमा कुनै हस्तक्षेप नगर्नेः सञ्चारमन्त्री खरेल

बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री खरेलले प्रतिवेदनकै आधारमा टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै...