टिकटकको खराब पाटो : आफ्नै श्रीमतीको चरित्र हत्या गर्न पछि परेनन् श्रीमान

लक्ष्मण गिरी

१० भदौ, काठमाडौं- सामाजिक सञ्जाल टिकटक । कला, मनोरञ्जन, सुझाव, सूचना हरेक कन्टेन्ट यहाँ पाइन्छ । धेरैको करियर यही प्लेटफर्मले उचाईमा समेत पुर्याएकाे छ । टिकटक हेर्न थालेपछि समय बितेको पत्तै पाइन्न । तर यो प्लेटफर्मको अँध्यारो पाटो पनि छ । 

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका २ सल्लेका रविन्द्र सापकोटाले यही प्लेटफर्मको गलत प्रयोग गरेर धेरै महिलाको चरित्र हत्या मात्र होइन सम्बन्ध विच्छेदको अवस्थामा पुर्याएका छन् । 

उनी आफ्नै आफन्तका फोटोमा अश्लिल अडियो प्रयोग गरी भिडियो बनाउँछन् र टिकटकमा पोस्ट गर्छन । त्यो भिडियो गाउँका सारा मान्छेलाई पठाउँछन् । 

रविन्द्रको यस्तै हर्कतका कारण नुवाकोटकै रमा(परिवर्तित नाम) को घरबार बिग्रियो । नातामा भिनाजु पर्ने रविन्द्रले रमाको विवाहपछि उनका श्रीमानलाई नभएको कुरा लगाउनेमात्र हैन, उनको तस्विर नै राखेर अश्लील भिडियो बनाउँदै टिकटकमा राख्न थाले । ‘मेरो श्रीमानलाई उसले म पहिले उसको श्रीमान हुँ, उसले मेरो गर्भ बोकेर गर्भपतन गराएकी हो । अरुसँग कतै पनि नबिकेर तँसँग भागेर गएकी हो भनेछ ।’ रमा भन्छिन् । 

सोही कारण रमाको श्रीमानसँग सम्बन्धविच्छेद भयो । त्यसपछि उनले आफ्ना सबै सामाजिक संजालका अकाउण्ट बन्द गरिन् । अन्ततः उनी दोस्रो विवाह गरेर गाउँ नै छोडेर अन्यत्र गईन् । 


केही समयपश्चात उनले एकदिन आफ्नो नयाँ अकाउण्टबाट दिदीको टिकटकमा कमेन्ट मात्र के गरेकी थिइन्, त्यही टिकटकबाट रविन्द्रले उनको फोटो तानेर पुनः उनको अश्लील भिडियो बनाएर टिकटकमा राख्न थालेको उनी बताउँछिन् । ‘उसको श्रीमतीले हालेको भिडियोमा एउटा कमेन्ट गरेको थिएँ, अन्त कतै मेरो फोटो भिडियो नपाएको उसले त्यही टिकटक अकाउण्टमा राखेको फोटो स्क्रिनसट गरेर पुनः अश्लिल भिडियो बनाउन थाल्यो ।’ उनी रँदै भन्छिन्, ‘म पनि इज्जत भएर बसेको मान्छे हुँ नि, पहिलो घरबार त उसकै कारण बिग्रियो, दोस्रो त नबिग्रियोस् ।’ 

रविन्द्रकै हर्कतले उनी अहिले परिवारदेखि मात्र हैन सम्पूर्ण आफन्तदेखि सम्पर्कविहिन हुनुपरेको छ । आफ्नो तस्विर राखेर त्यस्ता भिडियो नबनाउन रविन्द्रलाई आग्रह गर्दा गल्ती सच्याउने त परको कुरा उल्टै आफूलाई कसैले केही गर्न नसक्ने भन्दै धम्क्याउँछन् । 

नुवाकोटकै शान्ति (परिवर्तित नाम) पनि रविन्द्र अनि उनको क्रियाकलापदेखि आजित छिन् । नाताले रविन्द्र उनको ज्वाइँ पर्छन् । रविन्द्रले शान्तिको तस्विर पनि रमाको झैँ अश्लील भिडियो बनाएर टिकटकमा पोस्ट गरिदिए ।  

शान्तिका श्रीमान वैदेशिक रोजगारमा छन् भने शान्ति नेपालमै । शान्तिको समस्या विदेशमा रहेका उनका श्रीमानले बुझेपनि विगत केही दिनदेखीको रविन्द्रको हर्कतले उनी गाउँघर अनि आफन्तको सामना गर्न सकेकी छैनन् । ‘तैँले के गर्न सक्छेस् गर् भन्ने, सँधैभरि टर्चर मात्र दिने, अहिलेचाहिँ सहनै नसक्ने भएँ ।’ उनी भन्छिन्, ‘हाम्रो त इज्जत छ नि । अहिलेसम्म यस्ता कुरा कसैबाट पनि भएको थिएन । आफन्तसामु सबैसँग पुगिसक्यो, अब कसरी उहाँहरुको अगाडि मुख देखाउनु ?’ 

शान्तिले रविन्द्रलाई त्यस्तो नगर्न अनुरोध नगरेकी भने हैनन् । तर केही सिप नलागेपछि उनले रविन्द्रविरुद्ध साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । ‘उसलाई नेपाल झिकाएर अत्ति नै कडा कारबाही गरियोस् । कहिल्यै बाहिर निस्किन नपाओस, कोही छोरीचेलीलाई यस्तो बदनाम गराउने आँट नगरोस् । हिम्मत नआओस् ।’ उनी भन्छिन् । 

६ वर्षअघि शान्तिकी बहिनी चाँदनीको विवाह रविन्द्रसँग भएको थियो ।  विवाह भएको केही समयपछि रविन्द्र र चाँदनीको सम्बन्धमा खटपट आयो । गर्भवती श्रीमती छोडेर रविन्द्र दुबई गए । विदेश गएर घरमा श्रीमती र बच्चाको हेरचाह त परको कुरा रविन्द्रले चाँदनीलाई घरबाट निस्किएर जान बाध्य गराए । 

बच्चा हुर्काउन समस्या भएपछि चाँदनीले छोरीलाई आफ्नी दिदी शान्तिको जिम्मा लगाएर कतार गइन् । तैपनि श्रीमानले दिने यातनाको कमी नभएको उनी बताउँछिन् । ‘२०७८ सालमा म पहिलोपटक विदेश आएँ । त्यतिबेला पनि टर्चर दिएका कारण म घर जान पर्यो ।’

त्यसपछि रविन्द्रले आफ्नै श्रीमतीको फोटो भिडियोमा अश्लील कमेन्ट गरे । श्रीमानको हर्कतकै कारण आफूले आत्महत्यासम्मको प्रयास गरेको चाँदनी बताउँछिन् । ‘तर सानी छोरीलाई सम्झिएँ । उसलाई जसरी पनि नेपाल झिकाएर कारबाही गरिदिनुप¥यो’ 

यी बाहेक पनि रविन्दले अन्य धेरै महिलाको अश्लिल भिडियो बनाएर टिकटकमा पोस्ट गरेका छन् । 

रविन्द्रविरुद्ध उजुरी दिन काठमाडौँ आएका उनीहरुलाई नेपाल प्रहरीको साइबर ब्यूरोलेले जिल्लाबाटै सम्बोधन हुने भन्दै फर्काइदियो । 

साइबर ब्यूरोले भनेअनुरुप पुनः उनीहरु जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगे । त्यहाँका अधिकारीले निवेदन लिए तर जाहेरी भने दर्ता गराएनन् ।  

बढ्दो साइबर अपराध 

नेपालमा हरेक वर्ष साइबर अपराधको संख्या बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३ सय १ उजुरी साइबर ब्यूरोमा दर्ता भएका छन् ।  आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ९ सय ६, आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ६ सय ८६ र आर्थिक वर्ष २०७९/८० मा साइबर ब्युरोमा ९ हजार १३ उजुरी दर्ता भएका छन् । यो तथ्यांकले साइबर अपराध वर्षैपिच्छे दोब्बरले बढिरहेको देखाउँछ । ब्यूरोमा उजुरी गरेका उजुरीकर्तामध्ये अधिकांशले आफ्ना तस्विर विभिन्न किसिमका नग्न तस्विरमा जोडेर चरित्र हत्या गरेको बताएका छन् ।


साइबर अपराध हुने सामाजिक संजालमध्ये फेसबुकबाट सबैभन्दा धेरै पीडित भएका छन् । ४ वर्षमा फेसबुकबाट मात्र १६ हजार ४ सय ३९ जना पीडित भएका छन् । त्यस्तै पछिल्लो ४ वर्षमा टिकटकबाट एक हजार २८ जना, इन्स्टाग्रामबाट ६ सय ९९ जना र भाइबरबाट २८ जनाले पीडित भएको भन्दै उजुरी गरेका छन् । त्यस्तै ह्वाट्स्एप, युट्युब, वेबसाइट ह्याक गरेर साइबर अपराध गर्नेको संख्या पनि बढ्दो छ । 

विद्युतीय माध्यमबाट हुने अपराधलाई नियन्त्रण गर्न नेपालको विद्युतीय कारोबार ऐन २०६३ कार्यान्वयनमा छ । यस कानुनलाई टेकेर विगत १० वर्षमा मात्र ३ सय ४९ साइबर अपराधका मुद्दा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ भएका छन् भने कतिपय उजुरी प्रहरीको सम्पर्कमा पुगेपछि समाधान हुने गरेका छन् । 

साथै उक्त विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सयाज हुने उल्लेख छ । 


प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||