काठमाडौं । सरकारले नेपालमै वस्तु उत्पादन गर्ने उद्योगहरुलाई सहजीकरण गर्ने बजेट नीति लिएको छ । अर्थ मन्त्री वर्षमान पुनले संसदमा घोषणा गरेको बजेटमा औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योगले कच्चा पदार्थ आयात गर्दा एक तह पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ ।
‘उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तस् शुल्क घटाएको छु,’ बजेटमा भनिएको छ ।