नेभिगेशन
सबै कुरा

पूर्वघाेषित अनसन रोकेर दबावमूलक कार्यक्रम गर्ने तयारीमा गोविन्द केसी

काठमाडाैँ । डा गोविन्द केसीले आफ्नो मागहरु यथावत रहेको भन्दै दवावमूलक कार्यक्रम जारी राख्ने बताएका छन् ।

आफ्ना माग पुरा नभए असार १४ गतेदेखि अनसन बस्ने यसअघि नै घोषणा गरेका डा केसीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शुभेच्छुकको सुझाव अनुसार अहिले अनसनको कार्यक्रम स्थगन गर्दै दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका हुन् । 

CG

उनले सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नवढाएमा तथा माग तथा सम्झौताहरु सम्बोधन गर्न ढिलाइ गरेमा कुनैबेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुने चेतावनी दिए । चिकित्सा शिक्षा आयोगले गलत नियतबस ऐन विरुद्ध गरेको सम्वन्धन दिने निर्णय तुरुन्त फिर्ता लिन, मिलिमतो र प्रलोभनबाट प्रभावित भई न्याय विक्री गरि फैसला सम्पादन गर्ने न्यायाधीशलाई पदमुक्त गर्न उनले माग गरेका छन् । 

त्यस्तै उनले  विगतमा कार्याान्वयन नभएका सम्झौताहरु र पूरा नभएका मागहरू सम्बोधन गर्न  लगायत सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय साथै युद्ध अपराध र मानवता विरोधी घोर अपराधमा संलग्न प्रमुख नेताको हैसियतले प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजिनामा दिनुपर्ने माग रहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

भर्खरै