नेभिगेशन
सबै कुरा

स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । 

Global Ime Bank

निर्वाचन आयोगले मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सांसद खतिवडाको प्रश्न : संसद भवनभित्र ड्रोन खस्दा किन जानकारी दिइएन?

सांसद खतिवडाको प्रश्न : संसद भवनभित्र ड्रोन खस्दा किन जानकारी दिइएन?

सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद भवन नजिकै ठूलो ड्रोन खसेको दाबी गर्दै सोबारे संसदलाई स्पष्ट जानकारी गराउन माग गरेका छन्।
सोबितालाई एमाले सांसद बरालको चुनौती, ‘भाषाको र परिभाषाको ज्ञान सिकाउन तयार छौैँ, हेक्का पुर्याएर बोल्नुहोला’

सोबितालाई एमाले सांसद बरालको चुनौती, ‘भाषाको र परिभाषाको ज्ञान सिकाउन तयार छौैँ, हेक्का पुर्याएर बोल्नुहोला’

सिंगो नेपाली जनताले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई गौरवले हेरिरहेको उनको दाबी छ ।
स्वास्थ्य बीमामार्फत बिरामीले २ लाखसम्मको सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

स्वास्थ्य बीमामार्फत बिरामीले २ लाखसम्मको सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका...
प्रधानमन्त्रीको स्पेन भ्रमणमाथिको विवादबारे सोबिताको कटाक्ष, ‘नेपाली भाषा बुझाइको समस्या मेरो हैन, जसको हो उसैले उपचार गरोस्’

प्रधानमन्त्रीको स्पेन भ्रमणमाथिको विवादबारे सोबिताको कटाक्ष, ‘नेपाली भाषा बुझाइको समस्या मेरो हैन, जसको हो उसैले उपचार गरोस्’

'सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि, सभामुख महोदय। मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने, त्यो...

भर्खरै