नेभिगेशन
सबै कुरा

'एयर इन्डिया'को लापरवाही, जापान उडेका २४ नेपाली विद्यार्थी ३० घण्टादेखि भारतमा अलपत्र (भिडियो सहित)

काठमाडौँ। एयर इन्डियाको लापरवाहीका कारण जापानका लागि उडेका २४ जना नेपाली विद्यार्थी भारतमा अलपत्र परेका छन् । एयर इन्डियाले ३० घण्टादेखि विमानस्थलमा अलपत्र पारेको नेपाली बिद्यार्थी निवा लिम्बुले बताइन् । 

५ डिसेम्बर, बिहान १०ः५ बजेको उडान भएपनि एयर इन्डियाले उनिहरुलाई राति १० बजे बल्ल उडाएको थियो । जसका कारण भारतबाट थाइल्याण्ड हुँदै जापान जाने ‘कनेक्टीङ फ्लाइट’ छुटिसकेका थिए । 

६ डिसेम्बर, बिहान ४ बजे भारतको इन्दिरागान्धी विमानस्थलमा पुगेका उनीहरुलाई अहिलेसम्म पनि गन्तव्यमा पठाएको छैन । विद्यार्थीहरुका अनुसार ३० घण्टा देखि एयर इन्डियाले ‘कनेक्टीङ फ्लाइट’को व्यवस्थापन गर्दैछाैँ भन्ने जवाफ दिने गरेको छ । 

यस विषयमा एयर इण्डियाको नेपाल स्थित कार्यालयका कोही पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै