श्रम मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य चिर्न अहोरात्र खटिरहेको छु : श्रममन्त्री अर्याल

सिधाकुरा

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने भाष्य चिर्न आफू अहोरात्र खटिरहेको बताएका छन् । ‘श्रमाधान रोजगार मेला’ को सुभारम्भको क्रममा कोशी प्रदेशको विराटनगरबाट उनले श्रम मन्त्रालय भनेको जनमानसमा विदेश पठाउने मन्त्रालय भन्ने भाष्य स्थापित भएको र साे भ्रम चिर्न आफू लागिपरेको बताएका हुन् । 


कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई साक्षी राखेर उनले भने, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भनेको विदेश पठाउने मन्त्रालय हो भन्ने यो समाजमा भाष्य सिर्जना भएको छ । उक्त भाष्य अन्त्य गर्नका लागि केही नयाँ गर्न सकिन्छ कि भनेर म दिनहुँ नयाँ नयाँ विषय सोचिरहेको हुन्छु ।’, उनले थपे, ‘म सम्मानितज्यूलाई साक्षी राखेर भन्छु, मलाई विश्वास छ, यो देशमा रोजगार सिर्जना गर्न सकिन्छ । मलाई विश्वास छ, यो देशमा धेरै युवाहरुलाई स्वरोजगार बनाउन सकिन्छ ।’

त्यस्तै उनले विदेश जानका लागि मेनपावरका एजेन्टहरु घर घरमा गएर युवाहरुलाई प्रलोभनमा पार्ने तर देशमै स्वोरोजगार बन्न कसैले केही कदम नचालेका कारण आफूले देशमै रोजगारका अवसर छन् भन्ने देखाउन श्रमाधान रोजगार मेलाको आयोजना गरेको बताएका छन् । ‘देशभरका हरेक वडाबाट प्रत्येक वर्ष औसतमा ७० जना श्रम बजारमा जाने गर्छन् । उहाँहरु र उहाँहरुजस्तै अन्य युवालाई देशमै कसरी रोजगारी प्रदान गर्न सकिन्छ र स्वरोजगार बनाउन सकिन्छ भनेर हामीले यो मेला आयोजना गरेका हौँ ।’


श्रममन्त्री अर्यालले श्रमाधान रोजगार मेलाका लागि मन्त्रालयसँग कुनै निश्चित बजेट नभएपनि तिनै तहका सरकारको सकरात्मक सहयोग र निजि क्षेत्रको उत्साहजनक सहकार्यले यो मेला गर्न सम्भव भएको बताएका छन् । ‘यो कार्यक्रमले कति हजारलाई रोजगार दिन्छ , कति हजारलाई स्वरोजगार बनाउँछ भन्ने विषय मुख्य होइन सम्माननीयज्यू, तर हामीले केही न केही सकरात्मक पहल गर्नैपर्छ भनेर यो मेलाको आयोजना गरिएको हो ।’, मन्त्री अर्यालले भने, ‘यो देशका हरेक कलकारखाना, उद्योगमा हेरियो भने त्यहाँ नेपालीभन्दा धेरैजसो विदेशी कामदार हुन्छन् । नेपाली जनता निरन्तर विदेशीनुपर्ने अवस्था अनि देशभित्र रहेका उद्योग, कलकारखानामा विदेशी कामदार । हो यो अवस्था किन आयो भन्ने अध्ययन गर्नका लागि पनि यो मेला महत्वपूर्ण हुन्छ भनेर मेला आयोजना गरेका हौँ ।’

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल सरकारले आयोजना गरेको सो कार्यक्रममा धेरैभन्दा धेरै उपस्थित भएर सल्लाह, सुझाव दिन आग्रह समेत गरेका छन् । 

सरकारले बिहिबारदेखि  ‘श्रमाधान रोजगार मेला’ सुरु गरेको छ। कोशी प्रदेशबाट सुरुवात भएको मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । विराटनगरमा दुई दिनसम्म चल्ने मेलामा रोजगारीका अवसर, समस्या र समाधान सहितका विभिन्न स्टल तथा बहस कार्यक्रमहरु समेत रहेको श्रम मन्त्रालयले जनाएको छ । 

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित मेलामा रोजगारदाता कम्पनीहरू र रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ ।

मेलामा श्रम मन्त्रालय तथा मातहतका सेवा प्रदायक विभागहरुकाा जानकारी मुुलक स्टल, रोजगारदाता निजी कम्पनीहरुका दुई दर्जन स्टल समेत रहेका छन् । मेलामा रोजगारी खोज्नेहरुले आफ्नो क्षमता र आवश्यकता अनुसारका कामका लागि आवेदन समेत दिन सक्ने छन् । 

मेलाबारे श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ । कोशी प्रदेशबाट सुरु भएको मेला हरेक प्रदेशमा दुुई दिन सञ्चालन हुने छ भने जेठ ३० गते बागमती प्रदेशमा आएर सकिने छ।  कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमाधान रोजगार मेलाका बारेमा विस्तृत जानकारी सहितको वेबसाइट समेत रहेको छ । 

प्रतिक्रिया

  • Bhupendra shahi 4 months ago
    तपाई लाई शुभकामना
  • Bhuwan magar 4 months ago
    रोजगार सिर्जना गर्ने कलकारखाना औद्योग,घरेलु मझौला देखि ठुला आय आर्जन हुने वातावरण बनाउनुस पहिला!काम भन्दा गफ धेरै🧐

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....