नेभिगेशन
सबै कुरा

पाथीभरामा जबरजस्ती केबलकार बनाउन खोजेपछि प्रहरी र स्थानीयबिच झडपः १२ जना घाइते

पाथीभरा । पाथीभरा क्षेत्रमा नो केबलबार समूह र प्रहरीबिच झडप भएको छ । मुकुम्लुङ क्षेत्रमा सहमतिबिना केबलबार बनाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबिच झडप भएको हो । झडपमा परि १२ जना घाइते भएका छन् । 

प्रहरी र प्रशासनको सहयोगमै सो क्षेत्रमा जबरजस्ती केबलकार निर्माण गरिएको भन्दै बिहिबार स्थानीय प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनरत नागरिकलाई प्रहरीले हटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले बल प्रयोग गरेपछि प्रतिरोधमा उत्रिएका स्थानीय र प्रहरीबिच झडपको स्थित सिर्जना भएको थियो । दोहोरो झडप हुँदा ११ जना सुरक्षाकर्मी र १ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बताएको छ । 

प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन् । त्यस्तै सो झडपमा एक जना मात्रै घाइते भएको प्रशासनको भनाई छ । 

त्यस्तै प्रहरीले प्रदर्शनमा उत्रिएका नागरिकमाथि लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरीले ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको उनले बयानका क्रममा बताएकी छिन् ।
सरकारका विरुद्ध  प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

सरकारका विरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन ।
हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिनुपर्ने अन्तराष्ट्रिय समितिको जोड

सांसदहरुले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरि कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई...