नेभिगेशन
सबै कुरा

नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे सभामुखकाे चासाे

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे चासो व्यक्त गरेका छन् । 

शुक्रबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्षसहित उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजना लगाएत सरोकारवाला निकायसंग छलफल गर्दै सभामुख घिमिरेले संसद भवन निर्माणमा भइरहेको ढिलाईबारे चासो व्यक्त गरेका हुन् । उनले नयाँ संसद भवनलाई उच्च प्रविधिमैत्री बनाएर समयमा नै निर्माण सम्पन्न गर्न ध्यानाकर्षण गराए । उनले भवन निर्माण गर्दा प्रविधिका क्षेत्रमा सम्झौता नगर्न निर्देशन दिए । सभामुख घिमिरेले नयाँ संसद भवन निर्माणको वर्तमान अवस्थाका बारेमा जानकारी लिदै गुणस्तरीय काममा जोड दिए । अहिले भइरहेको प्रगतिका आधारमा आगामी एक महिनामा हुने प्रगतीको जानकारी लिइने उनले बताए । 

Global Ime Bank

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणसम्पन्न गर्ने क्रममा कुनै कमीकमजोरी गर्न नहुने बताए । आधुनिक प्रविधिको प्रयोगका साथै विश्वलाई नमूनाका रुपमा देखाउन सक्ने गरि संसद भवनको निर्माण सम्पन्न गर्नुपर्ने उनले बताए । 

त्यस्तै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७६ सालदेखि निर्माण भएको भवन निर्माण ढिलाई हुनुको कारण पहिचान गरेर समस्या समाधान गर्नुपर्ने बताए । उनले अव समयमा नै सम्पन्न गर्नका लागि सवैसंग जानकारी लिएर समस्या पहिचान गर्ने उल्लेख गरे । 

त्यस्तै शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले निर्धारित समयमा नै सम्पन्न गर्न प्रयास गरिरहेको भन्दै निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न नसकेको गुनासो गरे । संघीय संसद भवनको ८१ प्रतिशत भौतिक प्रगति भएको र आगामी चैत्र १८ गतेको समयसिमाभित्रै सम्पन्न गर्ने गरि काम भइरहेको उनले बताए । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची

आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा...
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
बाढीको क्षति निरिक्षण गर्न रसुवातर्फ लागे प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली

बाढीको क्षति निरिक्षण गर्न रसुवातर्फ लागे प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली

प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय सरकारी टोली रसुवातर्फ प्रस्थान गरेको छ। लेन्दे खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतका अधिकारीहरू मंगलबार...
प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री, गृहमन्त्रीलगायतको टोली बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न रसुवा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका सरकारी प्रतिनिधिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण गर्ने भएका छन् ।