नेभिगेशन
सबै कुरा

कसैको रहर र चाहनाले मुद्दा चल्दैनः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उनले  लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए । 

“फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,” उनले भने, “कुनै मुद्दा चलेको छ भने छुट्न पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”

Global Ime Bank

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”

त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । “कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,” मन्त्री लेखकले भने, “जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु प¥यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?” उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

कटारीमा विपद् उद्धार अभ्यास तालिम सुरु

इन्स्पेक्टर राउतका अनुसार तालिममा नगर प्रहरी, कर्मचारी, नगर खेलकुद, साथी समुह समेत गरी २५ जना तालिममा सहभागी रहेका छन्। तालिमले नगरस्तरमा विपद् व्यवस्थापन तथा उद्धार क्षमतामा उल्लेखनीय सुधार...
४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

४ तलामाथिबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले...
विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा...