आत्मसमिक्षामा रास्वपा !

विष्णु ढुंगाना

काठमाडौँ । ‘पार्टीप्रतिको निराशाका कारण कहीँ न कहीँ बादल मडारिएको छ । जसका कारण निलो हुनुपर्ने रास्वपाको घण्टी कालो देखिएको छ । यो कालो बादललाई चिरेर फेरि घण्टीलाई निलो बनाउनुपर्छ ।’ यो राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले केही दिनअघि दिएको अभिव्यक्ति हो । 


पार्टी सभापति रवि लामिछानेलाई आफूले तयार पारेको समिक्षा प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भनेका थिए, ‘पार्टी (रास्वपा) बिरामी परेको छ । त्यसको उपचार गर्नु जरुरी छ ।’

महामन्त्री मुकुल ढकाल गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म समिक्षा यात्राका लागि भन्दै देश दौडाहामा निस्किएका थिए । उनले सो क्रममा ३८ जिल्लाको यात्रा गरे । ढकालका अनुसार सो क्रममा उनले २०७९ जना पार्टी सदस्यसहित ३ हजार व्यक्तिहरुसँग साक्षत्कार गरेका छन् । सोही यात्रा र छलफलको निष्कर्षलाई समेटेर उनले समिक्षा प्रतिवेदन तयार गरे । उनले सभापति रवि लामिछानेलाई यही असार १२ गते उक्त प्रतिवेदन बुझाउँदै अध्ययन गरी सार्वजनिक गर्न आग्रह गरे । त्यसपछि ढकाल पार्टी सुधार गर्नुपर्ने भन्दै आगो ओकलीरहेका छन् । 

उनले पार्टी सुधारका लागि प्रदेश संरचना खारेजीको पक्षका पार्टी उभिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जोड दिनुपर्ने, ओली प्रचण्डको साटो बालेन, गोपी हमालजस्ता स्वतन्त्र पक्षधरहरुसँग मिल्नु उचित हुने र पार्टीको जनमत निराशाजनक अवस्थामा रहेकोले पार्टीले कठोर निर्णय लिनुपर्ने लगायतका विषय उल्लेख गरेको बताएका छन् । 

उनको प्रतिवेदन बुझेपछि सभापति रवि लामिछानेले त्यसलाई आफुले सकारात्मक भएको र महामन्त्रीको चिन्ता स्वभाविक भएको प्रतिक्रिया दिएका थिए । 

महामन्त्रीले प्रतिवेदन बुझाएको एक सातापछि बुधबार पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको थियो । पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने र सोही क्रममा आफूले बनाएको प्रतिवेदन वाचन गर्ने बताएका थिए । तर, उनले भनेजस्तो केन्द्रीय समिति बैठक लाइभ भएन । पार्टीका केन्द्रीय सदस्यहरु ढकालको प्रस्तावको विपक्षमा बसे । त्यसपछि ढकालले मुखमा मास्क र मास्कमाथी पट्टी बाँधेर सांकेतिक बिरोध गरेर केन्द्रीय समिति बैठकमा बसे ।  


प्रत्यक्ष प्रसारण नुहने भएपछि ढकालले प्रतिवेदन प्रस्तुत गर्न मानेनन् । सहप्रवक्ता मनिष झाकाअनुसार ढकालले प्रस्तुत नगरेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन बाचन गरे । 

तर, यता ढकालले भने आफूले तयार पारेको समिक्षा प्रतिवेदनको अलग्गै प्रस्ताव पेश गरेको र सभापतिले सो प्रस्ताव पेश गर्न अनुमति नदिएको आरोप लगाउँदै उक्त प्रस्ताव मिडियामार्फत सार्वजनिक गरिदिए । 

के छ उक्त प्रस्तावमा ?

प्रस्तावको सुरुवातमा उनले आफूमाथि लागेको बिभिन्न आरोपको खण्डनसँगै जवाफ दिएका छन् । उनले प्रतिवेदनबारे मिडियामा दिएको अभिव्यक्तिबारे आफूलाई सोधिएको स्पष्टिकरणबारे धारणा राखेका छन् । जहाँ उनले रास्वपाको विधानमा महामन्त्रीलाई पार्टीका आयोगले स्पष्टिकरण सोध्न नमिल्ने बताएका छन् । उनले आफ्नो पार्टी बहुलवादी लोकतान्त्रिक पार्टी भएकाले अभिव्यक्ति स्वतन्त्रता रहेको बताएका छन् । 

उनले उक्त प्रस्तावमा आफूमाथि चारित्रिक प्रहार भएको पनि खुलाएका छन् । पार्टीमा गुरुआमालाई लिएर आयो भन्ने सन्दर्भमा आफूमाथि लागेको आरोपबारे ढकालले खण्डन गरेका छन् । उनका अनुसार असोज ३ गते नै निर्वाचन आयोगलाई बन्दसूचि बुझाइएको थियो र समानुपातिक सासंद सिफारिस गर्दा केन्द्रीय समिति सदस्य महेश्वर घिमिरेले दिएको प्रतिवेदनमा आधारित रहेर गरिएको थियो । 

फरक प्रसंगमा महामन्त्री ढकालले आफ्नो चरित्रमाथि नै गरिएको प्रहारबारे पार्टी नबोलेकोमा दुःख व्यक्त गरेका छन् । 

सोही प्रस्तावमा उनले सभापतिले बोलेका कुराको रेकर्ड राखेर त्यसको उत्तर दिनुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अरुले के बोलेका छन् मलाई मतलव छैन । मलाई तपाईँले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नुभयो ? बोलेका कुराहरु कहिले पुरा गर्नुहुन्छ ? टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध गर्छु अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला । 

उनले सभापति रवि लामिछानेलाई नेता मात्र बनेर नपुग्ने भन्दै राजनेता बन्न सुझाव दिएका छन् । उनले सभापति लामिछानको फोटो प्रचण्ड, ओली र देउवासँगै आउने गरेकोमा आपत्ति जनाउँदै लेखेका छन्, ‘सभापति ज्यू, झिँगासँग उडियो भने गुमा पुगिन्छ । मौरीसँग उड्यो भने महमा पुगिन्छ । मलाई मौरीसँग उड्न मन छ, झिँगासँग होइन । हजुर पनि झिँगासँग उड्न थालेको हो कि त्यस्तो आभास हुन थालेको छ । मौरीसँग उडौँ, जनतालाई मह खुवाऔँ ।’ 

उनले पार्टीको दिर्घकालिन रणनीति तय गर्न १०० दिनको खाका प्रस्ताव गरेका छन् । उनले अबको १०० दिनमा ‘रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ’ भन्दै खाका समेत पेश गरेका छन् । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरु २ हप्ता गुप्तबास बसेर भावी रणनीति तय गर्नुपर्ने उल्लेख गरेका छन् । उनको प्रस्तावमा भनिएको छ, ‘अबको २ हप्ता तयारी गरौँ, त्यसपछि सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔँ ।’ गुप्तबासका क्रममा आफूले महामन्त्रीको राय राख्ने तर मत नराख्ने भन्दै ढकालले पार्टीको विधान, संगठनात्मक ढाँचा, अबको कार्यदिशा र महाधिवेशनको बाटो लगायतका विषयमा निर्णय गर्ने प्रस्ताव गरेका छन् । तर, उनको यो प्रस्ताव केन्द्रीय समिति बैठकमा भने पेश नभएको ढकालले जनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको २ वर्ष पुरा भएको छ । यो छोटो अवधिमा यो रास्वपामा परिपक्क र पुराना दलहरुले बर्षौँ समयमा लिने अनुभव लिएको छ भने सोही अनुसारको उतारचढावहरु भोगेको छ । र अहिले सोही दलमा आन्तरिक विवाद छताछुल्ल भएको छ । 

सुरुवातमा पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले बिभिन्न असन्तुष्टी व्यक्त गर्दै आएका हुन्थे । तर, उनको बिरोधलाई खासै चासो दिइएको हुँदैनथ्यो । अहिले रास्वपाका महामन्त्री नै पार्टी बिरामी भएकोले उपचार जरुरी भएको बताउन थालेका छन् । उनले पार्टी बिरामी मात्रै भएको बताएका छैनन् निर्मम भएर समिक्षा गर्न आवश्यक रहेको सुझाएका छन् । उनैको प्रतिवेदनलाई महत्व दिदै पार्टीले पनि केन्द्रिय समिति बैठक राखेर छलफल सुरु गरेको थियो । 

बुधबार बसेको केन्द्रीय समितिको बैठक ठोस निष्कर्षबिना नै टुंगिएको छ । बैठक सकिनुअगावै बैठक छोडेर हिँडेका महामन्त्री ढकालले आफूमाथि ह्यारेसमेण्ट भएको आरोप लगाएका छन् । उनले पार्टीका दुई उपसभापतिले आफूमाथि ह्यार्यास गरेको अभिव्यक्ति दिएका छन् । यता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भने महामन्त्रीको व्यवहार आफूले चिनेको मुकुल ढकालको जस्तो नभएको प्रतिक्रिया दिएका छन् । 

‘उहाँको व्यवहार मैले चिनेको मुकुल ढकाल रहेन ।’ वाग्लले भने, ‘ महामन्त्रीको प्रस्तुति अस्वभाविक, असहज र अप्राकृतिक रह्यो’ । 

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||