नेभिगेशन
सबै कुरा

डेडिकेटेड र ट्रंकलाइन विवाद : नेपाल सरकारले हटायो प्राधिकरणका २ सञ्चालक

काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई पदबाट हटाएको छ । मन्त्रालयले सो विवादमा सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नपाएको भन्दै भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट बर्खास्त गरेको हो । 

मन्त्रालयले डेडिकेटेड र ट्रंक लाइन विवादमा सरकारले दिएको निर्देशन नमानेको र सरकारको निर्णयविपरित लाइन काटिएका ६ उद्योगमा लाइन जोड्ने निर्णयमा असहयोग गरेको भन्दै उनीहरुलाई साउन १५ गते स्पष्टीकरण सोधेको थियो । साउन १८ गते साे स्पष्टीकरणकाे जवाफ दिएका उनीहरुकाे चित्तबुझ्दो जवाफ नपाएको भन्दै मन्त्रालयले बर्खास्त गरेकाे हाे । 

Dish Home
Global Ime Bank

गत साउन ७ गतेको सञ्चालक समितिको बैठकले उद्योगहरूमा लाइन जोड्ने निर्णय गरेपनि उनीहरुले बक्यौता रकम नउठाएसम्म लाइन जोड्न नहुने भन्दै विरोध जनाएका थिए । उनीहरु २ जनाले नोट अफ डिसेन्ट लेखेका थिए । 

त्यसपश्चात सञ्चालक समितिको बोर्डबाट सर्वसम्मतिमा निर्णय नभए पनि लाइन जोडिएको थियो । ३ महिनाभित्र महसुल बुझाउने सर्तमा बोर्डले लाइन काटिएको उद्योगमा विद्युत जडान गरिदिएको थियो । 

प्राधिकरणले असार २५ गतेदेखि डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेको भन्दै रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उद्योगमा लाइन जोड्न प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए । तर प्राधिकरणले ओलीको निर्देशन पालना गरेका थिएनन् । 

नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ अनुसार उनीहरलाई पदबाट बर्खास्त गरिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।