नेभिगेशन
सबै कुरा

प्रेमी र उनका आफन्त मिलेर भीरबाट खसाले, गम्भीर घाइतेको ढुङ्गाले हानेर हत्या गरे

काठमाडाैँ । सुन्दरीजलमा मृत भेटिएकी राम दुलारीको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै यस्तो बताएको हो ।

भदौ २० गते गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ढुङ्गाको कापमा भेटिएको उनको शव उनकै प्रेमी र उनका सहयोगीले भीरबाट खसालेर घाइते बनाई ढुङ्गाले हानेर हत्या गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

Global Ime Bank

शङ्कास्पद मृत्युको आशङ्कामा प्रहरीले थालेको अनुसन्धानमा उनको योजनाबद्ध रुपमा विभत्स हत्या भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार हत्या भएकी महिला सिराहा घर भई काठमाडौँको बसुन्धारा बस्दै आएकी थिइन् । सामान्य मजदुरी गर्दै आएकी उनी सर्लाही चक्रघट्टा ३ का राम विनय महरासँग प्रेम सम्बन्धमा थिइन् । 

बसुन्धारामै जुत्ता सिलाउने काम गर्ने महराले आफ्नी प्रेमिका अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको थाहा पाएपछि आफ्नो नाता लाग्ने सर्लाही बसगरिया ५ का सन्तोष राम महरासँग मिलेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

‘अग्लो ठाउँमा चढाएर धकेलेर ढुङ्गामा झारेको र घाइते भएको अवस्थामा माथिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने । 

मृतकको परिवारका सदस्यहरू अझै सम्पर्कमा नरहेको पनि प्रहरीले जनाएको छ । उनीहरु पछिल्लो २ वर्ष देखी प्रेम सम्बन्धमा रहेको खुलेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...

भर्खरै