नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

पक्राउ परेकाहरुले तीन÷चार वर्षयता कम्तीमा पनि तीन सय जनाभन्दा बढीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । 

उनले भने, “उक्त ठगी गर्ने गिरोहको मुख्य नाइके राजकुमार भट्ट देखिएको छ, भने पवन पन्त र नवीन विक सहायक ठग भएको हाम्रो अनुसन्धानको क्रममा देखिएको छ, सोही ठगीमा संलग्न केही व्यक्ति अहिले पूर्पक्षका लागि कारागारमा रहेका छन् ।”

पक्राउ परेकाहरुले तीन सय जनाभन्दा बढी मानिसबाट पाँच लाखदेखि  १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको हो  । उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै जागिरका लागि आउनेबाट रकम ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

प्रहरीका अनुसार आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले नातामा साला पर्ने असी खातुनको टाउकोमा गोली प्रहार गरेका थिए ।
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...

भर्खरै