नेभिगेशन
सबै कुरा

बालकोटमा हत्या भएका बाबुछोराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा र नातिलाई दागबत्ती

काठमाडौँ । गत सोमबार भक्तपुरको बालकोटमा हत्या गरेको अवस्थामा फेला परेका बाबुछोराको अन्त्येष्टि गरिएको छ ।  मृत अवस्थामा भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्यका जेठा छोराले आफूले बाबु र भाई प्रवीणको हत्या गरेको प्रहरीसामू स्विकार गरेपछि मृतकको दाहसंस्कार गरिएको हो । 

गत सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।

पढाइका लागि बालकोटमा बस्दै आएका छोराको कोठामा आएका बाबुसहित भाईलाई मिलनले हत्या गरेको स्विकार गर्दै प्रहरीसामू पुगेपछि उनीहरुको अन्तेष्टि गरिएको हो । मृतकलाई ८१ वर्षीय षडानन्द आचार्यले दागबत्ति दिएका हुन् । 

बाबुको मृत्युमा छोराले मृत्यु संस्कार गर्नुपर्ने भएपनि जघन्य अपराध गर्ने छोरालाई संस्कार गर्न नदिने परिवार र समाजको अडानपछि ८१ वर्षीय आचार्यले मृत्यु संस्कार गरेका हुन् । आचार्यसँगै कूलप्रसादकी श्रीमति पनि किरियामा बसेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्