नेभिगेशन
सबै कुरा

सी–चेक सकेर इटालीबाट काठमाडौँ फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी जहाज

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ । 

गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

Global Ime Bank

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० (अन्नपूर्ण) विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौँ अवतरण गरेको छ । योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ ।    

निगमको अर्को वाइड बडी विमान पनि सी–चेकका लागि इटाली गएको छ । निगमले २२ जुन (असार ८) मा इटलीमा मर्मतका लागि पठाएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानमा रहेका चार एयर बसमध्ये हाल दुई न्यारोबडी मात्रै उडानमा थिए । एक वाइडबडी थपिएपछि अब तीन विमानमार्फत अन्तर्राष्ट्रिय उडान हुने निगमले उल्लेख  गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

रसुवामा बाढीका कारण नागरिक सम्र्पकविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषय छलफल गर्नका लागि आकस्मिक...
ल्हेन्दे खोला बाढीः ११ जना उद्धारको पखाईमा, हेलिकोप्टर घटनास्थल पुग्यो

ल्हेन्दे खोला बाढीः ११ जना उद्धारको पखाईमा, हेलिकोप्टर घटनास्थल पुग्यो

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी...
रसुवा बाढीमा बेपत्ता हुनेहरुको सूची

रसुवा बाढीमा बेपत्ता हुनेहरुको सूची

नेपाली नागरिकमध्ये बेपत्ता हुनेमा बर्दिया घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान...
धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङको त्रिशूली नदीमा दुई शव फेला, पहिचान खाेज्दै प्रहरी

धादिङस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।