नेभिगेशन
सबै कुरा

अभिभावकको प्रतिवद्धता आएपछि मात्रै रसिया जानका लागि विद्यार्थीलाई अनुमति पत्र दिइन्छ : शिक्षामन्त्री भट्टराई

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिवद्धता आएपछिमात्रै अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छिन् । 

बिहीबार सिंहदरबारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले रसियामा युद्ध भइरहेकाले अभिभावकको प्रतिवद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताएकी हुन् । रसिया र युक्रेनबिचको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो । सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीहरुलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिवद्धता मागेको हो । मन्त्री भट्टराईले रसियमा दुईदेखि ६ बर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरुप्रति सरकार चिन्तित भएको धारणा राखिन् । उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति प्रदान गर्ने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जिकिर गरिन् । अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनको भनाई छ । 

Global Ime Bank

अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीहरुको सम्बन्धीत देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले बताइन् । छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकहरुले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए ।  मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगाएतका क्षेत्रमा पढ्नकालागि ४० जना विद्यार्थीले छात्रवृति पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई राप्रपाको निर्देशन

असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई राप्रपाको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
नेकपा एसले भन्यो, ‘रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको हो’

नेकपा एसले भन्यो, ‘रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको हो’

नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ ।
पार्टी नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

पार्टी नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन

नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले राष्ट्रिय  महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन्।

भर्खरै