नेभिगेशन
सबै कुरा

आज कुन विदेशी मुद्राको विनियमदर कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात हिजो (शनिबार) जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा छ। 

हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ७१ पैसा छ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ३३ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८३ र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ०५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा छ।


https://www.nrb.org.np/forex

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्