नेभिगेशन
सबै कुरा

एफवान सफ्टकाे सुरक्षा कमजोरीले चोरिएको साढे ३ करोड प्रकरणमा पक्राउ परेकाहरू धरौटीमा छुटे

काठमाडौँ । एफवान सफ्टबाट शङ्कास्पद चोरी भएको रकम खातामा गएको कसुरमा समातिएकालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँले प्रहरीले पक्राउ गरेर मुद्दा बुझाएका ९ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

मङ्गलबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको हो । आदेशमा सिरहाका राहुल ठाकुर र पुरुषोत्तम साहलाई जनही ५ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

यस्तै, उदयपुरको बेलकाका दीपक थापा मगरलाई ५० हजार रुपैयाँ, बेलका नगरपालिकाका कमल थापा मगरलाई २ लाख, सप्तरीका कृष्ण रमण राउत, सप्तरीकै सञ्जीवकुमार शर्मा, सुनसरीको धरान ८ का सन्देश राई, सुनसरीको देवानगञ्ज ५ का सागर कुमार साह र ललितपुरका त्रिगुण रत्न बज्राचार्यलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । 

एफवान सफ्टको युजर नाम र पासवर्डमा पहुँच पाएका व्यक्तिगत गत असोज १५ देखि १८ सम्म ३ करोड ५१ लाख रुपैयाँ चोरी भएको थियो । कम्पनीले सिटिजन्स बैंकमा खोलेको खाताबाट चार दिनसम्म रकम चोरी भएको थियो ।

जबकी उक्त खातामा जोडिएको इन्टरनेट बैङ्किङ सफ्टवेयर एफवान सफ्टले नै बनाएको थियो । आफैले बनाएको सफ्टवेयर प्रयोग गरेर साढे ३ करोड रुपैयाँ चोरीदा प्रहरीले भने एफवान सफ्टमाथि अनुसन्धान नै नगरी मुद्दा बुझाएको थियो । सो प्रकरणले एफवान सफ्टको प्रणालीको असुरक्षाका कारण बैंकहरुमा रहेको सर्वसाधारणको बैंक खाताको रकम नै असुरक्षित बनेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
३५ अङ्कले घट्यो नेप्से परिसूचक

३५ अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ ।...
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ । आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता...
काठमाडौँमा पनि खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

काठमाडौँमा पनि खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् । साथै,...
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल)...

भर्खरै