हिमाल हस्पिटलमा शिशु मृत्यु प्रकरणः अस्पताल र चिकित्सकको लापरवाही पुष्टि

सिधाकुरा

काठमाडौँ । कमलपोखरीस्थित हिमाल हस्पिटलको लापरबाहीले नै एक शिशुको मृत्यु भएको पुष्टि भएको छ । २०७९ माघ २३ गते हिमाल हस्पिटलमा उपचार गर्न पुर्याइएकी २८ महिने शिशु प्रशंसा गौतमको हिमाल हस्पिटल र उपचारमा संलग्न चिकित्सक डा. जयदेव यादवका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले प्रशंसा गौतमको मृत्युको प्रमुख कारण चिकित्सकको  लापरबाही भएको पुष्टि गरेको हो । महाशाखाले उपचारमा लापरवाही गर्ने चिकित्सक डा. जयदेव यादवलाई कानुनअनुसार कारबाही गर्न पनि सिफारिस गरेको छ । 

स्वास्थ्यमा समस्या आएपछि नियमित चेकजाँचमा परिवारले नजिकैको हिमाल अस्पतालमा लगेको र हिमाल अस्पतालले अवस्था सामान्य छ भन्दै औषधी चढाउँदै घर पठाउँदै गरेका कारण शिशुको मृत्यु भएको पुष्टि भएको हो । महाशाखाले शिशुको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको भन्दै उनलाई कारबाही गर्न सरकारी वकिलको कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतलाई सिफारिस गरेको छ । 

के हो घटना ?

२०७९ माघ २३ गते कमलपोखरी बस्दै आएका संगीतकार गंगा गौतमकी २८ महिने छोरी प्रशंसा गौतमको स्वास्थ्यमा समस्या देखा पर्यो । दुधे शिशुलाई सास फेर्न गाह्रो भएजसो महसुस भएपछि बाबु गंगा गौतम र आमा आशिका भण्डारीले  उपचारका लागि नजिकैको हिमाल हस्पिटलमा पुर्याएका थिए ।

अस्पतालमा कार्यरत डा. जन्मदेव यादवले प्रशंसा गौतमको सामान्य जाँच गरी भाइरल ज्वरो आएको भन्दै माघ २७ गतेसम्मका लागि औषधि दिएर घरमै आराम गर्न सुझाए । सोहीअनुरुप औषधि लिएर घर गएका परिवारले अर्को दिनसम्म शिशुको स्वास्थ्यमा कुनै सुधार पाएनन् । उनीहरुले चेकजाँचका लागि पुनः सोही अस्पताल पुर्याए । 

दोस्रो पटक अस्पताल पुर्याएपछि तिनै डा. यादवले शिशुलाई ज्वरो आएका कारण सास फेर्न  गाह्रो भएको बताउँदै इमर्जेन्सीमा लगेर बाफ लगाएर घर लान सुझाए । 

अस्पताल लैजाने फर्काउने क्रम जारी रह्यो, तर उनको स्वास्थ्यमा सुधार हुनुको सट्टा शरीरका विभिन्न अंगसमेत सुनिन थाले । दिनानुदिन अवस्था गम्भीर भएपछि चिकित्सकले भर्ना गर्नुपर्दैन भन्दाभन्दै परिवारले माघ २६ गते जबरजस्ती उनलाई सोही अस्पताल भर्ना गराए । त्यसपछि भिडियो एक्सरे र रगत जाँच गर्दा उनको फोक्सोमा पानी जमेको रिपोर्ट आयो । 

फोक्सोमा पानी जमेको र अक्सिजन लेभल पनि निरन्तर ओरालो लागेपछि डा. जयदेव यादवले ति शिशुको उपचार यहाँ सम्भव नहुने भन्दै कान्ति बाल अस्पताल रेफर गरे । रेफर गर्दा उनले रेफर पत्रमा आफ्नो हस्ताक्षर र अस्पतालको छाप समेत लाएनन् । 

अरु त अरु डा.जयदेव यादवले शिशुको उपचार गरेको रेकर्ड समेत लुकाउने प्रयास गरेका थिए तर परिवारले उनीबाट झगडा गरेर शिशुको रिपोर्ट पेपर लिएर कान्ति अस्पताल पुर्याए । 

अस्पतालमा आफूले कुरा गरेको बताउँदै कान्ति रेफर गरिदिएका डाक्टर यादवले झुट बोलेका थिए । शिशु लिएर कान्ति पुगेको परिवारलाई अस्पताल प्रशासनले आफूहरुलाई कतैबाट सम्पर्क नभएको र आफूहरुसँग बेड नभएको भन्दै भर्ना लिएन । 

त्यसपछि पिआईसीयू भएको अस्पताल खोजी गरेर उनीहरुले चक्रपथको मेट्रो हस्पिटलमा शिशु पुर्याए र इमर्जेन्सीमा भर्ना गराए ।

हिमाल हस्पिटल र कान्ति अस्पतालको चक्करमा शिशुको उपचारमा धेरै ढिला भइसकेको थियो । मेट्रोमा भर्ना गरेको एक घण्टामै अस्पतालले प्रशंसाको मृत घोषणा गरिदियो । 

शिशुलाई उपचार गर्न लग्दा सामान्य भन्दै फर्काइनु, ४ दिनसम्म भिडियो एक्सरे, रगत परीक्षण लगायतका कुनै पनि जाँच नगरिनु, सिट हुँदै नभएको अस्पतालमा रेफर गरिनु, अस्पताल र डाक्टरको छाप र हस्ताक्षरबिना नक्कली रेफर गरिनु, रेफर गर्दा हिमालमा उपचार गरेको रेकर्ड लुकाउने प्रयास गर्नुले चिकित्सक र डाक्टरको कैफियतमाथि प्रश्न उठेको थियो । अन्ततः मन्त्रालयले नै चिकित्सक र अस्पतालको लापरवाही पुष्टि गरिदिएको छ । 

निरन्तर प्रदर्शन, अस्पतालमै श्राद्ध

शिशुको स्वास्थ्यमा सामान्य समस्या आउनासाथ अस्पताल पुर्याएको परिवारले अस्पताल र चिकित्सकको लापरवाहीको आफ्नो छोरीको मृत्यु भएको भन्दै भोलीपल्ट अर्थात माघ २७ गतेदेखि नै आन्दोलन गरे । परिवार र आफन्तले आन्दोलन चर्काएपनि अस्पताल प्रशासनले आफ्नो गल्ती स्वीकार गर्न तयार भएन । 

परिवारले दिनहुँ अस्पतालको आकस्मिक बाहेकका सेवा प्रभावित बनाउँदै आन्दोलन चकाईरहे तर उता अस्पताल भने आफूहरुले सबै विधि र पद्धतिअनुरुप नै उपचार गरेको दाबी गर्यो । वार्तामा समेत सञ्चारकर्मी लगायतलाई प्रवेश दिइएन । अस्पतालले परिवारलाई उल्टै पैसा दिएर आन्दोलन दबाउने प्रयास गर्यो तर परिवारले स्वीकार गरेन । 

आन्दोलनकै बिच पीडित गंगा गौतमले चिकित्सक यादवको लाइसेन्स खारेज गर्न र आफूहरूलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्दै फागुन ८ गते नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी परिसर टेकु लगायतमा उजुरी दिएका थिए । 

आन्दोलनका कार्यक्रम सशक्त बनाउँदै उनले छोरीको मासिक श्राद्ध पनि अस्पताल परिसरमै गराएर भौतिक आन्दोलन स्थगित गरे । उनले कानुनी लडाइँलाई निरन्तरता दिने भन्दै आन्दोलन स्थगित गरेका हुन् । 

मेडिकल काउन्सिल र मन्त्रालय दुवैले औँल्यायो चिकित्सकको लापरवाही

२८ महिने छोरीको मृत्यु भएपछि बाबु गंगा गौतमले २०७९ फागुन ८ गते नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । उनको उजुरीउपर काउन्सिलले २०८० असार ८ गते प्रशंसा गौतमको मृत्युु अस्पताल र चिकित्सक डा. जयदेव यादवको लापरवाहीका कारण भएको निर्णय सुनायो । उपचार गर्दा डा. जयदेव यादवले चिकित्सकले निभाउनुपर्ने न्यूनतम भूमिका पनि यादवले ननिभाएको औँल्यायो तर कारबाहीको सिफारिस गरेन । बरु आगामी दिनमा सावधानी अपनाउनु भन्दै बचाउ गर्यो । 

‘२८ महिनाकी प्रशंसा गौतमलाई हिमाल अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम नियमित चेकजाँच र उपचार गरेको भएपनि रोगका कारण उत्पन्न जटिलता हुँदासम्म थप कुनै जाँच नगराएको र बिरामीको अवस्था जटिल भई अन्यत्र प्रेषण गर्दा सावधानी र न्यूनतम उपचार विधि नअपनाएको र इन्ट्युवेशन नगरेको देखिएको हुनाले बालरोग विशेषज्ञ डा जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेषण गर्दा उचित सावधानी अपनाउन निजलाई चेतावनी दिने’, काउन्सिलको निर्णयमा भनिएको छ ।

काउन्सिलले गल्ती प्रमाणित गरेपछि बाबु गौतमले चिकित्सकलाई कारबाहीको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराए । त्यस्तै उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको गुणस्तर मापन तथा नियमन महाशाखामा समेत उजुरी दर्ता गराए । उनको उजुरीमाथि अनुसन्धान गरेको महाशाखाले प्रशंसाको मृत्युमा चिकित्सकको गम्भीर लापरबाही भएको बताएको छ । 

‘हिमाल अस्पतालबाट कान्ति बाल अस्पतालमा रिफर गर्दा कान्ति बाल अस्पतालमा पीआईसीयू उपलब्ध भए नभएको यकिन गरेको नदेखिएको, कान्ति बाल अस्पतालसम्म सख्त बिरामी बच्चालाई पुर्याउँदा बिरामीको अक्सिजन लेवल मेन्टेन गर्न न्यूनतम रुपमा अपनाउनुपर्ने चिकित्सकीय सावधानी अपनाएको नदेखिएको, कान्ति बाल अस्पतालसँग समन्वय गरेको भन्ने निजको जिकिर झुट्टा स्थापित भएको र कान्ति बाल अस्पतालमा पीआईसीयू उपलब्ध हुन नसकेको कारण मेट्रो अस्पतालमा लैजानु पर्ने भई बिरामीको अवस्था बिग्रिएको र उपचारको क्रममा मृत्यु भएको देखिएको’, महाशाखाको निर्णयमा लेखिएको छ । 

त्यस्तै मेडिकल काउन्सिलको निर्णय अध्ययन गर्दा र अनुसन्धान गर्दा डा. जयदेव यादवले हेलचेक््रयाइँ गरेको पुष्टि भएको भन्दै कारबाही सिफारिस गरेको छ । यादवलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २३२ को उपदफा (१) बमोजिमको कसूरमा सोही संहिताको दफा २३२ को उपदफा २ बमोजिम सजाय मागदावी लिई मुद्दा दायर गर्न सिफारिस गरेको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....

  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||

Current Affairs

इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा....

  • इन्द्रजात्रा विशेष कार्यक्रमा सहभागी हुन बसन्तपुरमा बालेन LIVE
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....