नेभिगेशन
सबै कुरा

महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । 

महासंघको विधानको दफा ३४। १ को खण्ड ९ ण ० र दफा ३४। ६ अनुसार आचार्यलाई अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा मनोनित गरेका हुन् । 

आचार्यलाई महासंघ अध्यक्ष ढकालले पद तथा गोपनीयताको सपथ गराए । आचार्य उत्पादनमूलक उद्योग, व्यापार लगायतका क्षेत्रमा संलग्न छन् ।

यसअघि दुइ कार्यकाल कार्यकारिणी समिति सदस्य रही सकेका आचार्यले महासङ्घमा रोजगारदाता परिषदको उप सभापति एवं उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्