काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भन्सार महशुल वृद्धिका विरुद्ध सुन तथा गहना व्यवसायीहरू आन्दोलित भएका छन् । सरकारले आर्थिक ऐन २०८१ मार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरेको र सुनको कोटा प्रणाली विरुद्ध उनीहरु आन्दोलित भएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न आभूषण संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरूले आइतबार १२ बजे माइतिघर मण्डलामा विरोध प्रर्दशन गर्दैछन् ।
सरकारले सुन आयातमा भन्सार दर बढाएर अवैध कारोबारलाई प्रोत्साहन दिन खोजेको भन्दै व्यवसायीहरू त्यसको विरोधमा आन्दोलनमा उत्रिन लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष विपिन रामुदामुले जानकारी दिए । उनी आन्दोलन संयोजन समितिका संयोजक हुन ।