नेभिगेशन
सबै कुरा

दुबईमा मृत भेटिए अर्घाखाँचीका कृष्ण पाण्डे, शव ल्याइदिन सरकारसँग परिवारको आग्रह

काठमाडौँ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–०७ काउलेका २४ बर्षे कृष्ण पाण्डे यूएईमा मृत फेला परेका छन् । सोमबार पाण्डेलाई दुवईको सडक छेउमा मृत भेटिएको दुबई प्रहरीले जनाएको छ ।

पाण्डे दुई वर्षअघि भिजिट भिषामा दुबई पुगेका थिए । उनी दुबईस्थित एक होटलमा काम गर्दै आएका थिए । तर तीन महिनाअघि होटलको काम छोडेर बसेका उनी मृत भेटिएका हुन् । 

भिजिट भिसामा गएका कारण उनको शव नेपाल ल्याउन अहिले समस्या भएको छ । अर्कोतर्फ परिवारको आर्थिक अवस्था समेत कमजोर भएका कारण शव ल्याउन नसकिएको मृतकका दाई प्रकाश पाण्डेले बताए । ‘परिवारको आर्थिक अवस्था कमजोर छ । भिजिटमा गएकाको सरकारले उद्धार गर्दैन भन्ने सुनेका छौँ’, प्रकाशले भने, ‘बाबुको उपचारको चिन्ता अर्कोतर्फ छ । भाई त आएन, कम्तीमा शव भएपनि नेपाल ल्याउन सहयोग गरिदिन सरकारसँग आग्रह गछौँ ।’

दाई प्रकाश पाण्डेका अनुसार बाबुको उपचारका निम्ती उनका आमा, बुबा र कृष्णकी श्रीमती र छोरी भारतमा छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौँ : हमास

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो, जसको सन्दर्भ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग पनि जोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे...
टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सासमा विनाशकारी बाढीः मृत्यु हुने सङ्ख्या २५ पुग्यो

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार, सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उनीहरुबिच कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

९ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

शिराइसीलाई टोकियो हिरासत गृहमा गोप्य रूपमा फाँसी दिइएको थियो र मृत्युदण्ड सम्पन्न नभएसम्म केही पनि खुलासा गरिएको थिएन ।

भर्खरै