नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप हिरासतमा राख्न अनुमति दिएको हो । 

लामिछानेलाई सातौँ पटक कास्की प्रहरीले म्याद थपका लागि बिहिबार अदालतमा उपस्थित गराएको थियो । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की हिरासतमा रहेका लामिछानेलाई यसअघि दिएको ४ दिनको म्याद हिजो सकिएपछि प्रहरीले फेरी म्याद माग्दै अदालतमा उपस्थित गराएको थियो । ९ दिनको म्याद माग्दै पुगेको प्रहरीलाई अदालतले ५ दिनको मात्रै म्याद दिएको हो । 

अदालतले रवि लामिछाने स्वास्थ्य परीक्षण गराउन र मानव अधिकारको पूर्ण पालना गराउन समेत आदेश दिएको छ ।  बिहिबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त र अधिवक्ता डा नारायण कँडेलले बहस गरेका थिए ।

सहकारी रकम अपचलनको आरोप लागेका लामिछानेलाई कास्की प्रहरीको पत्रका आधारमा कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर कास्की पठाएको थियो । 

कास्की जिल्ला अदालतले गत मंसिर २३ गते रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न छैटौँ पटक म्याद थप गरेको थियो । सो समयमा अदालतले रविलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सो समय सकिएपछि बिहिबार कार्यालय खुल्नासाथ उनलाई अदालत उपस्थित गराइएको हो । 

लामिछानेमाथि  पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, काठमाडौँको स्वर्णलक्ष्मी, पर्साको सानोपाइला सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ । प्रहरीले ती सबै सहकारी भएको ठाउँमा लगरे लामिछानेको बयान समेत लिइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?

७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?

७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ?
कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

कटारीमा सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीका सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमान्डमा खटिएको टोलीले कटारी २ खोक्सामा चेकचाज गर्ने क्रममा ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।
सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

सिके राउतले पनि गरे रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो...
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

घुस प्रकरणमा मुछिएका मन्त्रीलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

छानविनका क्रममा दोषि देखिए कारवाही हुनुपर्ने उनले बताए । महामन्त्री थापाले घुस प्रकरणको अडियो सार्वजनिक भएपछि आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले गर्न नसकेको टिप्पणी गरे...

भर्खरै