नेभिगेशन
सबै कुरा

ललितपुरको बालकुमारीमा मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत

ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गरे । 

कडायतका अनुसार मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको र अर्का एक जना घाइते भएको । घाइते रावतको उपचारको क्रममा किष्ट अस्पतालमा र शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।

Global Ime Bank

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । सो क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार  गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

सीसीटीभीले उजागर गरेको एउटा षड्यन्त्र !

करिब ३/४ जनाको समूहमा आएका प्रहरी सिधै श्यामको छेउमा पुगेर पारिपट्टि राखिएको रातो मोटरसाइकललाई देखाउँदै त्यो कसको मोटरसाइकल हो ? भन्दै सोध्छन् । श्यामले उक्त मोटरसाइकल आफ्नो भएको...
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाेड्न अदालतको आदेश

भिडियोमार्फत घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेको भन्दै उनलाई १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग गरिएको थियो ।
श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ ।
विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भन्दै ५८ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै रु ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।