चित्लाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली नेतृत्वको सरकार कमजोर बनेको र आफैं ढल्न मात्रै बाँकी रहेको बताएका छन् ।
पार्टीको युवा जनवर्गीय सङ्गठन योङ्ग कम्युनिष्ट लिग ९वाईसीएल० को थाहा नगरपालिकाको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले यो सरकार ओली र देउवाले मिलेर मात्रै नबनेको बताए । ‘यो सरकार भ्रष्टाचार र बेथितिको जगमा बनेको हो,’ प्रचण्डले भने, ‘गठबन्धन सरकारको सत्तो गइसकेको छ, उनीहरु होपलेस भइसकेका छन् । यसलाई अन्तिम धक्का दिन जरुरी छ ।’
सम्बोधनकै क्रममा उनले सरकार प्रचण्डलाई जसरी पनि सिध्याउने षड्यन्त्रमा लागेको बताए । त्यसका विरुद्ध लड्न पार्टीले नयाँ अभियान चलाउन जरुरी भएको र सोबारे छिट्टै पार्टी बैठकबाट निर्णय लिने पनि उनले बताए ।
नयाँ आन्दोलन भ्रष्टाचार र कुशासन विरुद्ध र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग प्राप्तिका लागि हुने उनले बताए । त्यसका लागि पार्टीले सबै देशै भरका स्थानीय तहमार्फत खबरदारी कार्यक्रम गर्ने पनि उनले बताए ।