नेभिगेशन
सबै कुरा

एनपीएलः फाइनलमा पुग्न आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्न बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको कर्णालीसँग भिड्ने मौका पाएको छ । जनकपुरलाई हराउँदै सुदूरपश्चिम भने फाइनलमा पुगिसेको छ ।

अब आज विजयी हुने टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग भिड्नेछ । आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्