नेभिगेशन
सबै कुरा

नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ ।  


Dish Home
Global Ime Bank

पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । 


सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।


यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।


महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ । उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मा दिइएको छ ।


सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ । युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए ।

–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको असफलताको भारी  शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजीयोः पूर्व शिक्षामन्त्री खनाल

प्रधानमन्त्रीको असफलताको भारी  शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजीयोः पूर्व शिक्षामन्त्री खनाल

शिक्षामन्त्री राजीनामा पछि मंगलबार बिहान सामाजिक सञ्जालमा सांसद खनालले चालकको असफलताको भारी सहचालकलाई बोकाउन खोजिएको भन्दै टिप्पणी गरेका हुन् । साथै उनले शिक्षक माग पुरा गर्न अर्थमन्त्री र...
सरकारले बनायो प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सुशासन आयोग 

सरकारले बनायो प्रधानमन्त्री ओलीकै अध्यक्षतामा सुशासन आयोग 

आयोगको सदस्यमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोगका प्रतिनिधि, नीति आयोग, योजना आयोगका प्रतिनिधि र एक...
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

भट्टराईले राजीनामा दिनुको कारण भने खुलिसकेको छैन । यद्यपी पछिल्लो समय चर्कदै गएको शिक्षक आन्दोलनका कारण घेराबन्दीमा परेकी थिइन् ।