नेभिगेशन
सबै कुरा
एनपीएल :

कर्णाली याक्सले चितवन राइनोजलाई दियाे १७६ रनको टार्गेट

काठमाडौं ।  जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकसँगै एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको टार्गेट दिएको छ । 

आजको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाउँदै १७५ रन जोडेको थियो । कर्णालीका लागि एनपिएलमा पहिलो खेल खेलेको जयकिसन कोल्सवालाले ३९ बल खेल्दा ६ चौक र २ छक्का सहित सर्वाधिक ५३ रन जोडेका थिए ।

साथै विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्का सहित ५२ रन जोडेका थिए । 

बलिङमा सोहिल तवविरले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्