नेभिगेशन
सबै कुरा

एनपिएल जित्ने टिमले पाउने छ १ करोड १० लाख, अन्यले कति पाउँछन् ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका विजेताले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले मंगलबार पुरस्कार राशि घोषण गरेको हो ।

क्यानका अनुसार उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने छ । 

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । 

यी खेलका विजेता फाइलनमा पुग्ने छन् भने पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ।  एनपिएलको फाइनल खेल शनिबार हुनेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्