नेभिगेशन
सबै कुरा

मीनबहादुर गुरुङले एमालेलाई गरेको जग्गादानविरुद्ध परेकाे रिट सर्वोच्चद्वारा खारेज

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । गुरुङबाट एमालेले पाएको किर्तिपुरको जग्गाबारे दायर भएको रिट निवेदन सर्वोच्च अदालतको संयुक्त इजलासले खारेज गरेको हो ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सो रिट निवेदन खारेज गरेको विवरण सर्वोच्च अदालतले वेबसाइटमा राखेको छ । यद्यपी के आदेश भयो भन्नेवारे विवरण सार्वजकिन भएको छैन ।


गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दम्पत्ति र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्यास समेत गरेका थिए । 

सो घोषणाउपर ज्ञानबहादुर बस्नेत, दिनेश त्रिपाठीलगायतले रिट दायर गरेपछि एमालेको पार्टी कार्यालय निर्माणको काम तत्कालका लागि रोकिएको थियो । अब भने सो काम खुल्ला भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation