नेभिगेशन
सबै कुरा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य एक हजार दुई सयले घटेको हो ।

Dish Home
Global Ime Bank


शुक्रबार प्रतितोला  एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै  एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


चाँदीको मूल्य प्रतितोला २० घटेको छ  । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज  एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation