नेभिगेशन
सबै कुरा

त्रिविका आठै संकायमा डीन नियुक्त (सूचीसहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को शनिवारको बैठकले विभिन्न ८ संकायका डिन र तीनवटा केन्द्रको निर्देशक नियुक्ति गरेको हो । रजिष्टार केदार रिजालका अनुसार छनौट समितिले सिफारिस गरेका तीन जनामध्येबाट मेरिटका आधारमा एक जनाको नियुक्ति गरिएको छ ।


Dish Home
Global Ime Bank

उनका अनुसार शिक्षा तथा अनुसन्धान केन्द्रको निर्देशकमा सहप्राध्यापक डा.राजेन्द्र कुँवर,व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा डा.मिना राजभण्डारी र योजना निर्देशनालयको निर्देशकमा डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।


साथै ८ जना डिन नियुक्त भएका छन् । बैठकले वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल,चिकित्साशास्त्र अध्ययन संस्थानका डा. मोहनराज शर्मा, मानविकी तथा समाजशास्त्र अध्ययन संस्थानमा डा. द्धिविनन्द ढकाल,शिक्षाशास्त्र संकायमा डा. बेदराज आचार्यलाई डिन बनाएको छ । 


यस्तै व्यवस्थापन संकायमा डा.महानन्द चालिसे,इन्जिनियरिङ अध्ययन संस्थानमा डा. सुशीलवहादुर बज्राचार्य, विज्ञा तथा प्रविधि अध्ययन संस्थानमा डा.शंकर खनाल र कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाललाई डिनमा नियुक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसिला शिक्षकहरु ! 

रसिला शिक्षकहरु ! 

शिक्षकहरु २१ दिनदेखि सडकमा छन् । सुरुवातदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरुले आज पनि निरन्तरता दिएका छन् । उनीहरु कोही जादु देखाईरहेका छन्, कोही मादल बजाईरहेका छन्,...
कक्षा १२ को परीक्षा नसर्ने 

कक्षा १२ को परीक्षा नसर्ने 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने ‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै...
शिक्षक आन्दोलनको १६ औँ दिन (तस्विरहरु)

शिक्षक आन्दोलनको १६ औँ दिन (तस्विरहरु)

शिक्षक महासंघको नेतृत्वमा सुरु गरिएको सो आन्दोलनले अहिले सम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ । शिक्षकहरू अहिले माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्मै सडक भरी छरिएर गीत गाउँदै, नाच्दै माग सम्बोधन हुने...
भर्खरै