नेभिगेशन
सबै कुरा

एनपीएलः जनकपुरसँग काठमाण्डु ५ विकेटले पराजित

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको  दोस्रो खेलमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको छ । 

जितसंगै जनकपुर एक खेल अगावै एनपिएलको प्लेअफमा प्रवेश गरेको छ । खेलमा काठमाडौंले दिएको १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ दशमलव ३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल बनाएको थियो ।

एनपिएल अन्तर्गत शुक्रबार हुने पहिलो खेल लुम्विनी लायन्स् र कणार्ली याक्स तथा दोश्रो खेल विराटनगर किंग्स् र चितवन राइनोज्बीच हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्