नेभिगेशन
सबै कुरा

विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई दियाे १४० रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको टार्गेट दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर १३९ रन बनाएको छ । विराटनगरका लागि स्टक एडवार्डले ४५ रन, लोकेश बमले २६, निकोलस किर्तनले १९ रन जोडेका थिए भने बसिर अहमदले २१ रन जोडेका छन्। 

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २÷२ विकेट लिए भने यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १÷१ विकेट लिएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्