नेभिगेशन
सबै कुरा

काठमान्डुसँगको 'नमिठो हार'सँगै लुम्बिनी लायन्स 'प्लेअफ'बाट बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको खेलमा काठमाण्डु गुर्खाजसँगको हारसँग लुम्बिनी लायन्स एक खेल अगावै प्लेअफ बाट बाहिरिएको छ ।

लुम्बिनी लायन्स आजको खेलमा काठमाण्डु गुर्खाजसँग १८ रनले पराजित भएको हो । 

लुम्बिनीले अब एउटा खेल मात्रै खेल्न बाँकी छ । यस अघि खेलेको ६ खेलमा जम्मा एक खेल मात्रै जितेको छ । 

काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन जोडेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्