नेभिगेशन
सबै कुरा

बैंक चम्किदाँ नेप्सेमा उच्छल, ४५.८८ अकंले बढ्यो

काठमाडाैँ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अकंले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ । पछिल्ला ५ कारोबारका दिनदेखि लगातार घटिरहेको नेप्से बुधवार भने बढेर बन्द भएको हो ।

आज सबैभन्दा धेरै बैंकिंङ समुहमा बृद्धि देखिएको छ । यो समूह ३.४३ प्रतिशतले बढ्दै १४५२.८३को विन्दुमा पुगेको हो । त्यसतै आज हाइड्रोपावर समूह १.९६ प्रतिशत, फाइनान्स समूह १.८३ प्रतिशत, विकास बैंक समूह १.६३ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशतले बढेका छन् ।

आज सबैभन्दा धेरै कमाउनेमा न्यादी हाइड्रोपावर र कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यी कम्पनीमा क्रमशः ९.९७ प्रतिशत र ९.६२ प्रतिशत वृद्धि देखिएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation