नेभिगेशन
सबै कुरा

'डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध': सुमना श्रेष्ठ

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको डीन र क्याम्पस नियुक्तिमा सत्तारुढ पार्टीहरूले भागबन्डा खोजिरहेको विषय अक्षम्य अपराध भएकाले तत्काल रोक्न माग गरेकी छिन् ।

योग्यता र क्षमताका आधारमा नियुक्ति हुनुपर्ने प्राज्ञिक क्षेत्रमा पनि दलीय भागबन्डा हुने गरेकोले नै नेपालको उच्च शिक्षा दक्ष जनशक्ति उत्पादन गर्न असक्षम भएको उनको भनाई थियो । 

Dish Home
Global Ime Bank

मङ्गलवार एक कार्यक्रममा बोल्दै श्रेष्ठले विश्वविद्यालयमा राजनीतिक दलीय हस्तक्षेप नरोकिएसम्म उच्च शिक्षा सुधार सम्भव नहुने बताइन् । 

राजनैतिक दलहरूले नै चेतनशील र सीपसहितको जनशक्ति उत्पादन गर्ने थलोमा प्राज्ञिक दक्षता नहेरी आफ्ना दलका मान्छे राख्न भाग खोज्ने र भाग नपाउँदा विद्यार्थी सङ्गठन परिचालन गरेर अराजकता फैलाउन खोजेको उनको आरोप थियो।

उच्च शिक्षामा मेरिटोक्रेसी स्थापित गर्नको लागि आफ्नो कार्यकालमा धेरै सङ्घर्ष गरेको तर अहिलेको सरकारले भने फेरि आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउन विश्वविद्यालयको नेतृत्वलाई धम्क्याउने काम गरिरहेको उनको भनाइ थियो । 

दलले नियुक्त गरेको व्यक्तिको जबाफदेहिता दलप्रति मात्र हुने,  संस्थाको गुणस्तर र विद्यार्थीको हित प्राथमिकतामा नपर्ने देखिएको छ। शिक्षक एकदमै सम्मानित पेशा भएकाले राजनीतिक दलको आँखाबाट नभएर क्षमता र उत्कृष्टताका आधारमा हेर्नुपर्ने उहाँको भनाइ थियो।

उल्टै संस्थाको श्रोतको अपचलन गरेर व्यक्तिगत र दलको फाइदाको लागि मात्र काम गर्ने प्रवृत्ति मौलाएको देखियो। यसको उदाहरण ‘त्रिविको अपचलन गरिएको जग्गा खोज्न सरकारले बनाएको समितिले प्रतिवेदन बुझाए पनि त्यो सार्वजनिक गरिएको छैन’ श्रेष्ठले भनिन्, ‘बेथिति सुधार गर्न बनेको समितिको प्रतिवेदन कार्यान्वयन नगर्ने उल्टै मेरिटोक्रेसीको मजाक उडाउने कामको हामीले विरोध गर्नुपर्छ।’ आफू शिक्षा मन्त्रालयमा हुँदाखेरि त्रिवि सेवा आयोग र विभिन्न विश्वविद्यालयमा नयाँ कार्यविधि बनाएरै उत्कृष्टताका आधारमा पदाधिकारी छनोट गरिएको उनको दाबी थियो। ‘सेटिङका आधारमा हुने नियुक्ति हटाउने मा अडिग रहेको बरु पद त्याग्छु तर राजनीतिक दलीयकरण हटाएरै छोड्छु भनेर काम गरेको हुँ, शिक्षामा दलीयकरण हटाउने मेरो प्रमुख एजेन्डा हो।’ उनले भनीन् । 

माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘नेपालमा भ्रष्टाचारस् चुनौती र नियन्त्रणका प्रयासहरू’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्ना धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसिला शिक्षकहरु ! 

रसिला शिक्षकहरु ! 

शिक्षकहरु २१ दिनदेखि सडकमा छन् । सुरुवातदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरुले आज पनि निरन्तरता दिएका छन् । उनीहरु कोही जादु देखाईरहेका छन्, कोही मादल बजाईरहेका छन्,...
कक्षा १२ को परीक्षा नसर्ने 

कक्षा १२ को परीक्षा नसर्ने 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए । उनले भने ‘केन्द्र तोकिएको छ । सबै विद्यालयबाट समयमै...
शिक्षक आन्दोलनको १६ औँ दिन (तस्विरहरु)

शिक्षक आन्दोलनको १६ औँ दिन (तस्विरहरु)

शिक्षक महासंघको नेतृत्वमा सुरु गरिएको सो आन्दोलनले अहिले सम्म शान्तिपूर्ण रुपमा चलिरहेको छ । शिक्षकहरू अहिले माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्मै सडक भरी छरिएर गीत गाउँदै, नाच्दै माग सम्बोधन हुने...
भर्खरै