नेभिगेशन
सबै कुरा
इजरायलमा हमास आतंक :

इजरायलमा सँधैका लागि अस्ताएका आनन्दका बा साेध्छन्, 'अब छोरा भनि कसलाई बोलाऊँ ? '

धनुषा : ‘मेरो जीवनमा १ करोड रुख रोप्नु छ । अक्सिजनको प्लान्टसँगै सुविधासम्पन्न अस्पताल खोल्नु छु, जहाँ कसैलाई भेदभाव हुने छैन ।’ यो धनुषा लक्ष्मीनियाँ–४ सपहीका २५ वर्षीय आनन्द साहले गरेको प्रण थियो । जुन आज पनि उनको फेसबुक पेजको कभर फोटोमा सुरक्षीत छ । 


Dish Home
Global Ime Bank

बिडम्बना आनन्दको यो प्रण, उनीसँगै इजरायलमा हमासले धवस्त पार्यो । 

कृषि र प्रकृतिमा भविष्य देखेर सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायमा पढ्दै भदौ २८ गते इजरायल पुगेका आनन्द साह प्यालेस्टायनी आतंकवादी समूह हमासको आक्रमण मारिए । 

शुक्रबार राति धेरै बेर परिवारका सदस्यसँग भिडियो कल गरेका आनन्दको शनिबारबाट फोन उठ्नै छोड्यो, म्यासेज सिन (हेर्नु) हुनै छोड्यो, उता आनन्द कहिल्यै अनलाइन नआउने गरि अस्ताइसकेका रहेछन् । 

घरको एउटा छोरा, ३ बहिनिका एउटा दाइ सबैका प्रिय थिए, आनन्द । तर उनै आनन्द संसारबाट विलय भएपछि अहिले आनन्दका परिवार विक्षिप्त छन् । आइतबार साँझ हमासको आक्रमणमा परि ज्यान गुमाउने नेपालीको सूचीमा आनन्दको नाम देखेपछि बाबु मुर्छित छन् । 

बाबुसँगै ७० वर्षीया हजुरआमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वतीको हाल उस्तै छ । जम्मा भएका छिमेकी सबैका आँखाभरि आँशु छन् । 

मुर्छित बाबुआमा छाती पिटेर रोरिहेका छन्, अब कसलाई छोरा भनुँ ?


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation