नेभिगेशन
सबै कुरा
एनपीएल

सुदूरपश्चिम रोएल्सकाे पहिलो हार,चितवन राइनोजको तेस्रो जित

काठमाडौं । लगातार जित हात पार्दै आएको सुदूरपश्चिम रोयल्सले  नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रन टार्गेट दिएको थियो । 

तर सुदूरपश्चिम रोयल्सले १८ ओभर २ बलमा १३१ रन मात्रै जोड्न सफल भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन, सैफ अली जैबले १८, विनोद भण्डारी १०, ब्रान्डन म्याकमुलेन १३, दिलप्रित बज्याले १२, आरिफ शेखले ४, कप्तान दीपेन्द्रसिंह ऐरीले १, नरेश बुढाएरले ५, स्कट कुगेलेइनले १६ र नरेन साउदले ८ रनको योगदान गरेका थिए । 

टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनको यो तेस्रो जित हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्