नेभिगेशन
सबै कुरा

रवि लामिछानेको मानवअधिकारको रक्षाको माग गर्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट मध्यरातमा पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

रास्वपाले राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगको ध्यानाकर्षण गराएको जनाएको छ । 

Dish Home
Global Ime Bank

साथै रास्वपाले मंसिर २० गते चितवनबाट पोखरा स्थानान्तरण गर्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको उल्लेख गरेको छ । उजुरीमा भनिएको छ‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ ।


साथै राज्य संयन्त्रले नियोजितरुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको उजुरीमा उल्लेख गरेको छ । लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएको र घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग गरेको छ । 

शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेलले पनि मानव अधिकार आयोगमा उजुरी दिएकी थिइन् । 

त्यसपछि विभिन्न मानवअधिकारकर्मीहरु लामिछानेलाई भेट्न पोखरा पुुगेका छन् । 

हिरासतमा रवि लामिछानेमाथि गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै पत्नी निकिताद्वारा मानवअधिकार आयोगमा उजुरी


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation