नेभिगेशन
सबै कुरा

जनकपुर बोल्ट्सले दियो लुम्बिनी लायन्सलाई १३७ रनको टार्गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन जोडेको थियो । 

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाउँदा लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३,  हेमन्त धामी ९ रनको योगदान गरेका थिए भने शुभ कंशाकार २२ रनमा अविजित रहे ।

यस अघि लगातार तीन खुले हारेको लुम्बिनीका आजको खेलमा जित्नै पर्ने दबाबमा छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्