नेभिगेशन
सबै कुरा
एनपीएल

सुदूरपश्चिम रोएल्सको लगातार तेस्रो जित, लुम्बिनी लायन्सको लगातार तेस्रो हार

काठमाडौं । शनिवारको खेलमा जीत हात पारेसँगै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।

त्रिवी खेल मैदानमा आज भएको खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले  लगातार तेस्रो जित दर्ज गरेको हो । 

यस अघि विराटनगर किंग्स र काठमान्डु गुरख्जलाई पराजित गरेको सुदूरपश्चिमले आजको खेलमा लुम्बिन लायन्सलाई १८८ रनको लक्ष्य दिएको थियो । तर लुुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रनमै समेटिएको थियो । यो सँगै लुम्बिनी लगातार तीन खेलमा पराजित बनेका छ । 

यस अघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पनि पराजित भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्