नेभिगेशन
सबै कुरा
एनपीएल

सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थीत त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन जोडेको छ ।

सैफ अली जैबले ६१ बलमा ६ चौका र ५ छक्का सहित सर्वाधिक ९० रन बनाउँदा विनोद भन्डारीले १७, आरिफ शेख ०, ब्रान्डन म्याकमुलेन २३ र कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्