नेभिगेशन
सबै कुरा

हिरासतमा रवि लामिछानेमाथि गैरकानुनी र अमानवीय व्यवहार भएको भन्दै पत्नी निकिताद्वारा मानवअधिकार आयोगमा उजुरी

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले गैरकानुनी र अमानवीय व्यवहार गरेको भन्दै रवि लामिछानेकी पत्नि निकिता पौडेलले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छिन् । उनले प्रहरी महानिरिक्षक, चितवनका प्रहरी अधिकारीहरु लगायतलाई विपक्ष बनाएर शुक्रबार आयोगमा उजुरी दर्ता गराएकी हुन् ।

सहकारी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध थुनामा रहँदा र बिभिन्न जिल्लामा अड्डासार गर्ने बहानामा दुर्व्यवहार भएकोले लामिछानेको मानव अधिकारहरूको गम्भिर उल्लङ्घन भएको भन्दै पौडेलले उजुरी दिएकी हुन् । 

Dish Home
Global Ime Bank

लामिछानेलाई अनुसन्धानका क्रममा विभिन्न शारीरिक एवं मानसिक यातना दिइएको उनको उजुरीमा उल्लेख छ । लामिछाने पत्नी निकिताले रातारात अड्डासार गर्ने नाममा शारीरिक तथा मानसिक यातना दिइएको, व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको भन्दै उजुरी दर्ता गरेकी हुन् । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation