नेभिगेशन
सबै कुरा
अन्तर्वार्ता :

जसले एनपीएलको ट्रफीमा राखेको ढुंगा कालापत्थरबाट ल्याए (भिडियाे)

काठमाडाैँ । नेपालकै पहिलो क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी गत साता धराहराबाट सार्वजनिक गरियो ।

यो ट्रफी जति आकर्षक र सुन्दर छ त्यो भन्दा बढी यसको महत्व छ र अहिले ट्रफीको सुन्दरताको अन्तराष्ट्रिय स्तरमा नै चर्चा चुलिएको छ । चर्चा नहोस् पनि किन, यसमा हाम्रो हिमालको शान छ । एनपीएल ट्रफीको सबैभन्दा उत्कृष्ट विशेषता नै हिमालको ढुंगा हो । 

यो ढुंगाकै कारण एनपिएल ट्रफीको महत्व झनै चुुलिएको छ । यो ढुंगाले नेपालका हिमाललाई प्रतिनिधित्व गर्छ । यो ढुंगा सगरमाथाको भ्यु प्वाइन्ट, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने कालपत्थरबाट ल्याइएको हो । 

हिमाललाई खेलसँग जोड्ने उदेश्यका साथ सो ढुंगा किर्तिमानी आरोही मिङ्मा ग्याबु शेर्पा अर्थात मिङमा डेभिडले कालापत्थरबाट ल्याएका हुन् । मिङमाको नाममा हिमाल आरोहणमा ५ ओटा विश्व किर्तिमान छ । 

ताप्लेजुङका मिंङमाले १९ वर्षकै उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका थिए । उनको नाममा सबैभन्दा छिटो सगरमाथा र पाकिस्तानको केटु हिमाल चढेको किर्तिमान, सबैभन्दा धेरैपटक ५ पटक केटु हिमाल चढ्ने आरोहीको किर्तिमान, ८ हजार माथिका १४ हिमाल चढ्ने सबैभन्दा कान्छा आरोहीको किर्तिमान छ ।

मिङ्माले आफ्नै किर्तिमान आफैँ तोडेर नयाँ किर्तिमान बनाएका छन् । यद्यपी कम उमेर १४ पिक आरोहण गरेको किर्तिमान भने अर्का आरोहीले ब्रेक गरेका छन् । उनले अहिलेसम्म ३४ औँ पटक विभिन्न हिमालको चुचुरो चुमिसकेका छन् । 

तिनै किर्तिमानी आरोही मिङ्मा डेभिडसँग सिधाकुराले संवाद गरेको छ । भिडियो हेर्नुहोला :



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation