नेभिगेशन
सबै कुरा

सहकारीका समस्या समाधान गर्ने गरी कानुन संशोधन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले सहकारीपीडितका माग पूरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार परिमार्जित विधेयक मन्त्रिपरिषद्मा पठाइने र त्यसलाई सरकारले अध्यादेशमार्फत जारी गर्ने तयारी छ । 

Dish Home
Global Ime Bank

कर्जा सूचना केन्द्र, बचत तथा सुरक्षण कोष, बचत तथा ऋण असुली न्यायाधीकरण र नियामक निकायलाई आवश्यक अधिकारको व्यवस्था गरी कार्यविधिको तयारी गरिएको उनले जानकारी दिए।  

कानुनविद्, सरोकारवाला पक्षलगायतसग छलफल गरी विधेयक बनाइएको छ । संशोधन हुने कानुनमा समस्याग्रस्त सहकारी तथा आर्थिक अपचलन गरी ठगी गरेका सम्बन्धित सहकारीका सम्पत्ति लिलाम तथा जफत गरी पीडितलाई उनीहरूको निक्षेप अनुपातमा रकम उपलब्ध गराएर न्याय दिलाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।

सहकारी सिद्धान्तअनुरूप सहकारी सङ्घसंस्थाका स्व–नियमनकारी प्रक्रिया सशक्त बनाइएको कार्यविधिमा सहकारी विकासका लागि सङ्घीय, प्रान्तीय र स्थानीय सरकारको क्षेत्राधिकारलाई जोड दिइएको छ । सङ्घीय सरकारले प्रान्तीय र स्थानीय सरकारका सहकारी निकायलाई आवश्यक नियामक, प्रवद्र्धनात्मक र प्रशिक्षणलगायत सेवाहरू प्रदान गरिनेछ । 

सहकारीमा बचतकर्ताको निक्षेप उठ्न नसक्दा पनि कानुनको अभावमा पीडकबाट सम्पत्ति असुली गरी पीडितलाई निक्षेप फिर्ता गर्न सकिएको थिएन । साना कृषक, श्रमिक, उपभोक्ता र गरीबहरूको संलग्नतामा सबै प्रदेश, जिल्ला र नगरपालिका वा गाउँपालिकामा सञ्चालित ३४ हजार बढी सहकारी संस्था रहेको जनाइएको छ । करिब ७० लाख मानिस यस क्षेत्रमा आबद्ध रहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कारण राजीनामा दिएको भन्दै गलत हल्ला गरिएको बताए ।
आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले...
‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास...
भर्खरै